७ आश्विन २०७८, बिहीबार

पोखरा फाइनान्सको मुनाफा ७४.०५ प्रतिशतले बढ्यो, ईपीएस कति ?

प्रकाशित मिति :  ६ भाद्र २०७८, आईतवार १२:०६


६ भाद्र, काठमाडौं । पोखरा फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमासमा १२ करोड ७० लाख रुपैयाँ मुनाफा कमाएको छ । नाफा अघिल्लो वर्षको भन्दा ७४.०५% ले धेरै हो ।

अघिल्लो वर्ष कम्पनीले ७ करोड ३० लाख रुपैयाँ मात्र मुनाफा कमाएको थियो । यता, कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ४.३५% र ७३.०३% ले बढेको छ ।

असारसम्म ८ अर्ब ९८ करोड रुपैयाँ निक्षेप संकलन गरेको पोखराले ५ अर्ब ८५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

हाल यसको चुक्ता पुँजी ९६ करोड ३१ लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ३० करोड ५५ लाख रुपैयाँ रहेको छ । कम्पनीले प्रतिसेयर आम्दानी ५ रुपैयाँ २३ पैसाले बढाएर १३ रुपैयाँ १९ पैसा पुर्याएको छ । यसको प्रतिसेयर नेटवर्थ भने १४१ रुपैयाँ ४१ पैसा छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा