८ आश्विन २०७८, शुक्रबार
रेमिट्यान्स

अब बेलायतको ट्यापट्याप सेण्डबाट सिटी एक्सप्रेसमा पैसा पठाउन सकिने

प्रकाशित मिति :  ८ भाद्र २०७८, मंगलवार १४:५६


८ भदौ, काठमाडौं । बेलायतको ख्यातिप्राप्त ट्यापट्याप सेण्ड (Taptap Send) र सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच रेमिट्यान्स कारोबार सुरु भएको छ । अबदेखि बेलायतमा रहेका नेपालीहरुले Taptap Send को सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्ने भएका छन् ।

सो सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र ट्यापट्याप सेण्डका तर्फबाट निर्देशक माईकल फे (Michael Faye) ले हस्ताक्षर गरेका छन् ।

नेपालमा सिटी एक्सप्रेससँंग आबद्ध १२ हजार भन्दा बढी एजेन्टहरुबाट बेलायतबाट पठाएको रकम सजिलै भुक्तानी लिन सकिने भएको छ ।छिट्टै नै नेपालका जुनसुकै बैंकको खातामा पनि रकम जम्मा अथवा मोबाईल वालेटमा लोड गर्न सकिने साथै हरेक कारोबारमा लाभार्र्थीहरुलाई एसएमएसद्वारा जानकारी पनि गराईने सिटी एक्सप्रेसले जनाएको छ ।

सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १५ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२ हजार भन्दा बढी भुक्तानी केन्द्रहरुमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा
तपाईको आजको राशीफल कस्तो छ ?
नेपालबहस संवाददाता