८ आश्विन २०७८, शुक्रबार

फाइनान्स कम्पनीहरुको मुनाफा ७६.४ प्रतिशतले बढ्यो, सबैभन्दा अगाडि मञ्जुश्री फाइनान्स

प्रकाशित मिति :  ९ भाद्र २०७८, बुधबार १७:१२


९ भाद्र, काठमाडौं । फाइनान्स कम्पनीले गत आव चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार गत आवमा १५ कम्पनीको मुनाफा ७६.४ प्रतिशतले बढेको छ । चौथो त्रैमाससम्म फाइनान्स कम्पनीले १ अर्ब ९७ करोड १७ लाख २६ हजार मुनाफा गरेका छन् ।

सबैभन्दा बढी मुनाफा गर्ने कम्पनी ?

अघिल्लो आवमा १५ कम्पनीले १ अर्ब ११ करोड ७७ लाख मुनाफा गरेका थिए । गत आवमा सबैभन्दा बढी मुनाफा मञ्जुश्री फाइनान्सले गरेको छ ।

कम्पनीले सो अवधिमा ५६ करोड ८१ लाख मुनाफा कमाएको हो । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको मुनाफा ११५ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आवमा कम्पनीले २६ करोड ३२ लाख मुनाफा गरेको थियो ।

त्यसैगरी, दोस्रोमा गोर्खाज फाइनान्सले २० करोड १८ लाख ९६ हजार मुनाफा गरेको छ । यस कम्पनीले अघिल्लो आवमा ७ करोड ९४ लाख नोक्सानी व्यहारेको थियो ।

गत आवमा यस कम्पनीको सञ्चालन नाफामा वृद्धि भएसँगै नाफामा सुधार आएको हो ।

तीन कम्पनीको मुनाफामा गिरावट

वित्तीय विवरण प्रकाशित गरेका १५ ओटा कम्पनी मध्ये तीन कम्पनीको मुनाफामा गिरावट आएको छ । अघिल्लो आवको तुलनामा गत आवमा जानकी फाइनान्स, समृद्धि फाइनान्स र नेपाल फाइनान्सको मुनाफामा गिरावट आएको हो ।

कम मुनाफा गर्ने कम्पनी ?

१५ कम्पनीमध्ये कम मुनाफा समृद्धि फाइनान्सको ४४ लाख ९९ हजार रहेको छ । १५ ओटा कम्पनीमध्ये जानकी फाइनान्स र मल्टीपर्पस फाइनान्सले वित्तीय विवरणमा वितरणयोग्य नाफा उल्लेख गरेको छैनन् ।

गत आवमा १८ ओटा फाइनान्स कम्पनी सञ्चालनमा रहेकोमा युनाइटेड फाइनान्स, ललितपुर फाइनान्स र सिर्जना फाइनान्स घटेका छन् । युनाइटेड फाइनान्सलाई नबिल बैंकले प्राप्ति गरेको छ ।

त्यसैगरी सिर्जना फाइनान्सलाई सिटिजन्स बैंकले प्राप्ति गरेको छ भने नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गरेको हो । यसरी नेप्सेमा १५ ओटा फाइनान्स कम्पनीको शेयर कारोबार हुँदै आएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा
तपाईको आजको राशीफल कस्तो छ ?
नेपालबहस संवाददाता