८ आश्विन २०७८, शुक्रबार

महामारीका बाबजुद पनि साढे ९ खर्ब रेमिट्यान्स नेपाल भित्रियो

प्रकाशित मिति :  १० भाद्र २०७८, बिहीबार १६:४१


कोरोना कहरमै भित्रियो ९२ अर्ब रेमिट्यान्स

१० भाद्र, काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा मुलुकमा साढे ९ खर्ब रुपियाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार कोभिड महामारीका बाबजुद पनि नेपाल भित्रिने रकम अघिल्लो वर्षको तुलनामा ९ दशमलब ८ प्रतिशतले वृद्धि भएको छ ।

गत असार मसान्तसम्म ९ खर्ब ६१ अर्ब ५ करोड रुपियाँ रकम रेमिट्यान्सको रुपमा नेपाल आएको हो । नेपालमा विशेषगरी वैदेशिक रोजगारीमा जाने कामदारहरुले बैकिङ च्यानलबाट पठाउने रकम मात्र रेमिट्यान्सको रुपमा नेपाल राष्ट्र बैंकको तथ्यांकमा समेटिने गरेको छ । अमेरिकी डलरमा गणना गर्दा सो रेमिट्यान्स रकम ८ दशमलब २ प्रतिशतले वृद्धि भई ८ अर्ब १५ करोड डलर पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३ दशमलब ३ प्रतिशतले घटेको थियो ।

शोधनान्तर स्थिति सवा अर्ब मात्र बचतमा

कोभिड–१९ का कारण विश्व अर्थतन्त्र नै ठप्प जस्तै हुँदा नेपालको अर्थतन्त्र पनि गत वर्ष २ सय ८२ अर्ब ४१ करोड बचतमा रहेकोमा यो वर्ष तरलतामा अभाव एवम् आयातमा व्यापक वृद्धिसँगै शोधनान्तर स्थितिमा चाप परेको छ । गत आवको असार मसान्तसम्म शोधनान्तर स्थिति १ अर्ब २३ करोड मात्र बचतमा रहेको छ ।

चालु खाता ३ सय ३३ अर्ब ६७ करोडले घाटामा रहेको छ । अमेरिकी डलरमा सो २ अर्ब ८४ करोडले चालु खाता घाटामा छ । आर्थिक वर्ष २०७७/७८ मा पुँजीगत ट्रान्सफर ७ दशमलब ४ प्रतिशतले बढेर भई १५ अर्ब २६ करोड पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी जम्मा शुन्य दशमलब २ प्रतिशतले वृद्धि भई १९ अर्ब ५१ करोड पुगेको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा
तपाईको आजको राशीफल कस्तो छ ?
नेपालबहस संवाददाता