११ आश्विन २०७८, सोमबार

आईपीओ निष्कासनको तयारीमा रहेका पाँच बिमा कम्पनीमा कुन सबैभन्दा अब्बल ?

प्रकाशित मिति :  २३ भाद्र २०७८, बुधबार ११:५२


२२ भदौ, काठमाडौं । पाँच जीवन बीमा कम्पनी आईपीओ निष्कासन गर्ने तयारीमा रहेका छन् । रिलायबल लाइफ, आइएमई लाइफ इन्स्योरेन्ससहित पाँच कम्पनी आईपीओ निष्कासन गर्ने तयारीमा रहेका छन् ।

यी पाँच कम्पनी मध्ये दूई कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् भने तीन वटा कम्पनी भने आईपीओ निष्कासनको तयारीमा छन् ।

यतिबेला रिलायबल लाइफ र आइएमई लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासनको अनुमति कुरीरहेका छन् । त्यस्तै सिटीजन लाइफ, महालक्ष्मी र सन नेपाल भने आईपीओ निष्कासनको तयारीमा लागेका छन् ।

यी आईपीओ जारी गर्ने तयारीमा रहेका ५ वटा जीवन बिमा कम्पनीहरुले पनि गत आर्थिक वर्षमा औसतमा राम्रो प्रदर्शन गरेका छन् । यी कम्पनीहरुको रिजर्भ कोष, जीवन बिमा कोष, खुद बिमा शुल्क लगायत महत्वपूर्ण सूचकमा सुधार भएको छ । पछिल्लो पटक १० वटा नयाँ जीवन बिमा कम्पनीहरुले सञ्चालन अनुमति पाएकामा ५ कम्पनीले आइपीओ जारी गरिसकेका छन् ।

हेरौं, आइपीओ जारी गर्न बाँकी ५ कम्पनीको वित्तीय अवस्था कस्तो छ ?


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा