११ आश्विन २०७८, सोमबार

नेपाल पुनर्बीमा कम्पनीको लाभांश परिमार्जन

प्रकाशित मिति :  २३ भाद्र २०७८, बुधबार १०:५१


२३ भदौ, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले लाभांश परिमार्जन गरेको छ । कम्पनीले यसअघिको कुल २० प्रतिशत लाभांश प्रस्ताव परिमार्जन गरी १९ प्रतिशत कायम गरेको हो ।

कम्पनीको गत असार ७ गतेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७६र ७७ को वितरण योग्य मुनाफा र शेयर प्रिमियमबाट हाल कायम चुक्तापूँजीको आधारमा १६ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेत ३ दशमलव ५० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो ।

कम्पनीले बीमा समितिको निर्देशन बमोजिम बोनस शेयर १६ दशमलव ५० प्रतिशत र नगद लाभांश २ दशमलव ५० प्रतिशत दिने गरी प्रस्तावित लाभांश परिमार्जन गरेको हो ।

कम्पनीको लाभांशमा नगद लाभांशमात्र एक प्रतिशत कम भएको छ । परिमार्जित लाभांश नेपाल सरकार अर्थ मन्त्रालय र नियामक निकाय बीमा समितिबाट स्वीकृत भई कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा







अरुण भ्यालीको मूल्य समायोजन
नेपालबहस संवाददाता