कांग्रेसका विकृति तथा विसंगति र आगामी महाधिवेशन
इन्द्र रिजाल
भदौ २४, २०७८ बिहिबार १३:०:२२
आफ्नो चौधौँ महाधिवेशन गर्न गइरहेको लोकतन्त्रको अगुवा शक्ति भनिने नेपाली कांग्रेसको वर्तमान चरित्र पैतृक सम्पत्तिको अंशका रूपमा हात परेको, बजार साँघुरिएको र यथास्थितिमा चलेको पुरानो कम्पनी जस्तो मात्र हुँदैछ । जहाँ कोइराला, देउवा,पौडेल (कोदेपौ) पदका लागि प्रतिष्पर्धी होइन झगडिया भएका छन् । आफ्नो कार्यकाल भरि कांग्रेस सभापति शेरबहादुर देउवा पार्टी बाहिरका अनेक अदृश्य र तिलश्मी दबाब र अनिवार्यताको बिवश बन्दी बने । पार्टीका सम्पूर्ण जिम्मेवारी लथालिङ्ग छोडेर हिंडे ।
अहिले सरकार चलाउँदा पनि त्यसै भएको देखिन्छ । भारतीय सत्तालाई रिझाउने क्रममा उनले जनै पूर्णिमा, कृष्ण अष्टमी, गाईजात्रा जस्ता पर्वमा पनि विदा दिन सुरू गर्नुदेखि महाकालीमा गत साउन १५ मा भारतीय सुरक्षाकर्मी (एस्एस्बी) ले तुइन खुस्काई दिएर जयसिंह धामीलाई जिउँदै महाकालीको बाडीमा आहुती दिँदा पनि चाईंचुईं नगरी बस्नुपर्ने कारण दिल्लीको सत्तालाई रिझाउने दासत्वहो । उनलाई हिन्दुत्वको मोह भन्दा हिन्दुस्तान (भारतीय संस्थापनपक्ष) को आशिर्वाद चाहिएको हो ।
सरकार चलाउने कार्यमा पनिउनको खुबी देखिएन, बदनियत मात्र प्रकट भयो । स्वास्थ्य राज्यमन्त्रीको चयनमा उनले अपनाएको पात्र र अहिलेसम्म मन्त्रिपरिषदलाई पूर्णता दिन नसक्नुबाट उनीमा पद ओगट्ने आशक्तिमा मात्र केन्द्रित भएको देखियो ।आजीवन कांग्रेसलाई सिध्याउन लागि परेको पञ्च–नेता सूर्यबहादुर थापाको छोरा सुनिल थापालाई पार्टीको सहमहामन्त्री पदले सिंगारेर भित्य्राए ।
अर्कातिर कांग्रेसमै भएको र केहीगर्दा पनि पञ्चायतमा प्रवेश गराउन नसकेका अत्यन्त प्रभावशाली नेता-शहिद योगेन्द्रमान शेरचनका छोरा सुशीलमान शेरचनलाई पार्टीमा फर्काउनतिर मतलब राखेनन् । सुनिल थापालाई कांग्रेसको भावी सभापतिसम्म बनाउने इन्डियाको पस्र्पेक्टिभ प्लानलाई शिरोधार्य गर्दै सहमहामन्त्रीको पदसहित पार्टीमा भित्य्राउँदा कांग्रेसका सहिद नेता योगेन्द्रमानका छोरा सुशीललाई पाखा गर्ने देउवाको बद्नियत त्यहीं छर्लङ्ग भईसकेको छ !
पार्टीमा मनोनित गरिएका कतिपय सदस्यहरूको संदीग्ध चरित्रलाई पार्टीका निष्ठावान कार्यकर्ताको तालुमा राखिदिन गरेको कोशिश देखेर मानिसहरू झस्किएकै हुन् । यस्ता कारणले गर्दा पनि सभापति देउवाले अब सभापति हुने योग्यता र औचित्य गुमाइ सकेका छन् । पार्टी सभापति पद, सारा कार्यकर्ताको लागि निष्पक्ष न्यायमूर्ती र भँजाउन नहुने सम्पत्ति हुनुपर्ने हो । तर जालझेल, अनेक प्रपञ्च रचेर पार्टी कब्जा गर्न मात्र खोजिएको प्रष्टै भयो । त्यो नै पार्टीले ब्यहोर्न नसक्ने महँगो चेष्टा हुनपुग्यो ।
कम्युनिष्ट मोर्चा र ध्रुवीकरण हुनथालेको वर्तमान अवस्थामा लोकतान्त्रिक शिबिर प्रतिरक्षात्मक तथा किंकर्तब्य बिमूढ अवस्थामा पुग्नु साह्रै दुःखदहो । लोकतन्त्रको सबभन्दा जेठो, ठूलो र अगुवा शक्ति मानिएको कांग्रेसमा शक्तिसञ्चय बढेर आयो भने मात्र अन्य लोकतान्त्रिक शक्तिहरूको अस्तित्वको अर्थ हुनेछ ।
कांग्रेसका नेता तथा कायकर्ताले आसन्न महाधिवेशनलाई पार्टीका भूलचुक ‘कोर्श करेक्सन’ गर्ने अवसरको रुपमा लिन सक्छन् कि नसक्लान् ?विभाजनकारी र भागबन्डाको कु-संस्कार नेपाली कांग्रेस पार्टी र सत्तामा यति नराम्रोसँग हावी भएको छ कि, योग्य, जनप्रिय, परिश्रमी र पराक्रमी कार्यकर्तालाई लत्याएर आसेपासेलाई अवसर दिने प्रवृत्ति अनियन्त्रित हुँदैछ । यसले गर्दा पार्टीका स्वाभिमानी, ऊर्जावान तथा नयाँ पुस्ताका होनहार कार्यकर्ताहरूको आस्था र निष्ठा डग्मगाउने, टिक्नै नसक्ने वा पलायन हुने विवश वातावरण पैदा हुँदैछ ।
इतिहासमा झुटो विवरणको रेकर्ड राखेर भावी पुस्तालाई समेत गुमराहमा राख्नु हुँदैन । कांग्रेसका संस्थापक राजनेताहरूले भ्रष्टाचार, नाताबाद, कृपावाद, अराजकता, पदको अनेक दुरुपयोग, कुशासनलाई मलजल गर्ने वा राष्ट्रिय स्वाभिमानलाई जोखिममा पार्ने काम गर्नुभएन । नेपाली कांग्रेसको संघर्षशील राजनीतिमा लाग्दा उनीहरूले विवाह, परिवार र घरजमपनि गर्नुभएन । प्रधानमन्त्री वा अन्यजिम्मेवार ओहोदामा बसेर निस्कलंकित भएर राष्ट्रियता, लोकतन्त्र र समाजवादको आधार भूमि तयार गर्नुभयो ।
राजनीतिक दलको आन्तरिक पतन सबभन्दा घातक हुने धरातलीय यथार्थलाई नेपालका ठूला राजनीतिक दलहरूमा भइरहने जोड र तोड, गुटबन्दी र तानातानका परिणामहरूले देखाइरहेका छन् । पार्टीहरूभित्रबाट निस्किरहने फोहोरी राजनीतिको दुर्गन्धित झोल जनतामा पुग्ने गरेको छ, जसबाट कांग्रेस जोगिएको छैन । पार्टीभित्र मौलाएका विकृति र असंगतिप्रति कडाइका साथ उपचारात्मक कदम चलाइएन भने ‘रूखभन्दा ऐँजेरु ठूलो’भएर आउने अवश्यम्भावी छ ।
आर्थिक अनुशासनको अभाव, भ्रष्टाचार, दण्डहिनता जस्ता मुलुकको वर्वादीका मूख्य रोगले पार्टीहरूलाई सुरक्षित आश्रयस्थल र कतिपय नेतालाई त संरक्षक बनाएका छन् । कुनै पार्टीले पनियस्ता रोग भित्य्राउने आफ्नो कुनै नेता वा कार्यकर्तालाई पार्टीगत कारवाही गरेको अपवाद पनि छैन, बरू उनीहरू नै नेतृत्व र निर्णयकर्ता बन्न पुगेका छन् । संस्थापक तथा अग्रज नेताहरूले छोडेर गएको कांग्रेसलाई आजयस्तै विसंगति तथा विकृतिले आक्रान्त बनाएको छ । अबको बागडोर सम्हाल्ने पदाधिकारी नेताले पनि यो विकृतिलाई हटाउन सक्नुहोला भन्ने लाग्दैन । किन कि यस्ता रोग हावी भएको कांग्रेसमा उनीहरू नेतृत्वमै एक छत्र रुपले बस्दै आउनु भएको छ ।
कुनै पनि पार्टीको सामथ्र्य, उपयोगिता र लक्ष्य प्राप्तिलाई अनुशासनले मात्र सम्भव बनाउँछ । तर कांग्रेस पार्टीभित्र अनुशासन भनेको कुन चराको नाम हो भन्ने अवस्था छ । अनुशासन पालना गराउने कार्यमा नपुंसकता देखाउनु हुँदैन । कसैले पार्टी हित विपरितका छाडा बकवास गर्दै हिँड्दा पनि देख्या नदेख्यै गर्ने कसैलाई अनुशासनको डण्डा निजको पत्ता साफ पार्ने वा प्रतिशोधको नियतले गर्ने प्रवृत्ति बढिरहेको छ । यसले पार्टी मात्र होइन, नेतृत्वको आसनका पेचकिला पनि खुकुल्याइ दिन्छ ।
उपरोक्त विकृतिलाई निर्मूल पारेर नेपाली कांग्रेसभित्र नयाँ वातावरण ल्याउनु आजको आवश्यकता हो । आजसम्म कांग्रेसमा नेताको युग थियो । अब कार्यकर्ताको युग आउँनुपर्छ, जसमा जनभावना र चाहनाको प्रतिबिम्ब होस् । नेतृत्वले नेता प्रेमी कार्यकर्ता होइन, जनताप्रेमी कार्यकर्तालाई अवसर दिउन् । सिद्धान्त, नीति, मूल्य–मान्यता र नैतिकत शक्ति निर्णायक हुन पाओस् । यतिभयो भने नेपाली कांग्रेसले नयाँ जीवन पाउने छ । त्यो कार्य नै चौंधौं महाधिवेशनको उल्लेखनीय उपलब्धी हुनेछ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपयस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
बाल मन्दिरपछि सीआईबीको नजरः टीकापुर, तारागाउँ र हरिसिद्धि तिर
बैशाख ३०, २०८१ आइतबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
बैशाख २९, २०८१ शनिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार