७ आश्विन २०७८, बिहीबार

‘क्रिप्टोकरेन्सी कारोबार गैरकानुनी’ –केन्द्रीय बैंक

प्रकाशित मिति :  २४ भाद्र २०७८, बिहीबार १७:००


२४ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी कारोबार गैरकानुनी रहेको ठहर गर्दै आमनागरिकलाई कारोबार नगर्न नगराउन आग्रह गरेको छ ।

पछिल्लो समय क्रिप्टोकरेन्सीमार्फत धेरै नेपाली नागरिक ठगिएको सूचना आएको भन्दै माइनिङ नगर्न नगराउन केन्द्रीय बैंकले आग्रह गरेको हो ।

राष्ट्र बैंकले बिहीबार सूचना जारी गरी क्रिप्टोकरेन्सी गैरकानुनी रहेको ठहर गर्दै यससम्बन्धी कारोबार गर्नेलाई प्रचलित कानुनअनुसार कारबाही गर्ने चेतावनी पनि दिएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा