जडीबुटीबाट ४० लाख राजस्व संकलन
नेपालबहस संवाददाता
भदौ २७, २०७८ आइतबार २१:६:५३
२७ भदौ, काठमाडौं । जिल्ला वन कार्यालय जुम्लाले जडीबुटी सङ्कलनबाट ४० लाख राजस्व सङ्कलन गरेको छ । हाँका आठ स्थानीय तहबाट जडीबुटी व्यापारीबाट सो राजस्व सङ्कलन गरिएको हो । तातोपानी, गुठीचौर र पातारासी गाउँपालिका अरु स्थानीय तहभन्दा बढी जडीबुटी पाइने स्थानीय तहमा पर्छन् ।
विशेषगरी गुठीचौर र पातारासीका नागरिकको मुख्य आयस्रोतको माध्यम नै जडीबुटी सङ्कलन हो । यहाँका पाटनमा जिल्लाभरिका नागरिक नै जाने गर्छन् । कोरोना कहरबीच पनि जटीबुटी सङ्कलनबाट राम्रो कमाइ भएको यहाँका स्थानीयवासी बताउँछन् । डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार कोरोना महामारीकै बीचमा विभिन्न २० प्ररकारका जडीबुटीबाट २० टन २०० क्विन्टल जडीबुटी सङ्कलन तथा निर्यात गरिएको छ । त्यसमा सबैभन्दा बढी धुपी साढे दुई टन निर्यात गरिएको हो ।
त्यसैगरी सेतक चिनी साढे दुई टन, चिराइतो नौ क्विन्टल, तितेपाती साढे दुई टन, सुनपाती तीन टन, पाखनबेद साढे दुई टन, सुगन्धवाला ९सुमायो० एक टन पाँच क्विन्टल निर्यात गरिएको जिल्ला वन कार्यालयका सूचना अधिकारी खड्कबहादुर महतले बताए ।
जिल्लाका ७३ व्यापारीले यो पटक जडीबुटी निर्यात गरेका हुन् । कार्यालयले रु ४० लाख राजस्व सङ्कलन गरेको छ, जसमा जडीबुटी सङ्कलनबापत रु २९ लाख ४७ हजार र घर निर्माणको पुर्जा वितरणबापत रु १० लाख ७६ हजार राजस्व सङ्कलन गरिएको छ । यार्सागुम्बाबाट रु १२ लाख ३० हजार, सेतक चिनीबाट रु चार लाख २० हजार, विषजराबाट रु एक लाख ४१ हजार, धुपीबाट रु ७० हजार, कालादानाबाट रु ५५ हजार ३००, रातो च्याउबाट रु ५५ हजार, पाखनबेदबाट रु एक लाख ८६ हजार, वन लसुनबाट रु २० हजार ५०० पदमचालबाट रु १७ हजार ५०० राजस्व सङ्कलन गरिएको सूचना अधिकारी महतले बताए ।
कार्यालयका अनुसार जुम्लाबाट २० टन जडीबुटी बाहिर निर्यात भएको छ । आर्थिक वर्ष २०७७÷०७८ मा जुम्लाका आठ स्थानीय तहमा सङ्कलन भएको २० टनभन्दा बढी जडीबुुटी जुम्लाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा निर्यात भएको वन कार्यालयले जनाएको छ । पछिल्लो सयमा जडीबुटीले यहाँका स्थानीयवासीको आर्थिक स्रोतमा टेवा पुगेको जडीबुटी व्यापारी दिपक बोहोराले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णालीका मुख्यमन्त्रीले बोलाए सर्वदलीय बैठक
बैशाख २९, २०८१ शनिबार
बजेट थप नहुँदा ५७४ टुक्रे योजना अलपत्र
बैशाख २७, २०८१ बिहिबार
अछाम र बाजुरामा विद्युत सेवा बन्द
बैशाख २६, २०८१ बुधबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
ओलम्पिकमा छनौट भएका प्रिन्सको तयारी बारे घिसिङको चासो
बैशाख ३१, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड”बाट सम्मानित
बैशाख ३१, २०८१ सोमबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
संसदको गतिरोध अन्त्यबारे छलफल गर्न सत्ता पक्षका तीन नेता सिंहदरबारमा
बैशाख ३१, २०८१ सोमबार
सतर्कताले अख्तियारलाई बुझायो प्रतिवेदन, सम्पति विवरण नबुझाउनेको संख्या ६ हजार ७०५
बैशाख ३१, २०८१ सोमबार
सन् २०२४ मा अस्ट्रेलियाको मुद्रास्फीति तीन प्रतिशतभन्दा कम हुने अनुमान
बैशाख ३१, २०८१ सोमबार