७ आश्विन २०७८, बिहीबार

यी तीन लघुवित्तले गरे शेयरधनीलाई लाभांश घोषणा, कुनको कति ?

प्रकाशित मिति :  २७ भाद्र २०७८, आईतवार १७:०१


२७ भदौ, काठमाडौं । गत वर्षको मुनाफाबाट तीन लघुवित्त वित्तीय संस्थाहरुले लाभांश घोषणा गरेका छन् । साधना लघुवित्त, स्वरोजगार लघुवित्त र डिप्रोक्स लघुवित्त गत वर्षको कमाईबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् ।

यी तीन वटै कम्पनीले उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गर्नेछन् । हाल तीन वटै कम्पनीले लाभांश प्रयोजनार्थ बुकक्लोज मिति तय गरेको छैन भने साधारसभाको मिति समेत तय गरेको भने छैन ।

साधना लघुवित्त वित्तीय संस्था

कम्पनीको भदौ २४ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद गरी कुल २६.३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

स्वरोजगार लघुवित्त वित्तीय संस्था

कम्पनीको भदौ २२ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।

डिप्रोक्स लघुवित्त वित्तीय संस्था

कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५३ प्रतिशत नगद गरी कुल २१.०५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

 


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा