दाङमा राष्ट्रिय जनगणनाको तयारी तीव्र
नेपालबहस संवाददाता
भदौ २८, २०७८ सोमबार २०:५४:०
२८ भदौ, देउखुरी । राष्ट्रिय जनगणनाका लागि पहिलो चरणमा घर तथा परिवारको सूचीकरणको तयारी गरिएको छ । दाङमा यसको यथार्थ विवरण सङ्कलनका लागि दुई चरणमा जनगणनाको काम सुरु गरिएको छ । यही जेठ २५ देखि असार ८ गतेसम्म राष्ट्रिय जनगणनाअन्तर्गत गणनाको समय निर्धारण गरिएको थियो ।
कोरोनाका कारण तोकिएको समयमा जनगणनाको काम शुरु हुन सकेन । सरकारले पुनः देशभर एकैपटक जनगणना थाले अनुसार दाङमा पनि यसको थालनी गरिएको छ । जनगणना गर्दा पहिलो चरणमा हरेक घरपरिवारको विस्तृत विवरण सुपरिवेक्षकले गर्ने छन् । सुपरीवेक्षकले विभिन्न प्रश्न लेखिएको सूचीकरण फारम भर्नेछन् ।
राष्ट्रिय जनगणनानअन्तर्गत मूल गणनाको काम आगामी कात्तिक २५ देखि मंसिर ९ गतेसम्म गर्ने गरी समय तोकिएको छ । यही भदौ २७ र २८ गते यसअघि तालिम लिएकालाई तथा यही भदौ २९ र ३० गते नयाँ सुपरिवेक्षकका लागि तालिम सञ्चालन गर्न थालिएको जिल्ला जनगणना कार्यालयका प्रमुख तुलसीराम पोख्रेलले जानकारी दिए ।
“सरकारले राष्ट्रिय जनगणनाको नयाँ मिति तोकेअनुसार दाङमा पूरै तयारीका साथ अघि बढेका छाैँ ”, पोखरेलले भने, “पहिलो र दोस्रो चरण घर तथा परिवारको गणना हुन्छ, दास्रो चरणमा मूल गणनाको काम गरिनेछ ।” घर तथा परिवारको सूचीकरणका लागि घरायसी विवरणमा कति परिवार, जग्गा जमिन, कृषि, पशुपक्षीलगायतका प्रश्नको उत्तर माग्न सुपरीवेक्षक घरदैलामा जान थालेका छन् ।
दश वर्षअघि २०६८ सालमा गरिएको जनगणनाको तथ्याङ्मा दाङको पाँच लाख ५२ हजार जनसङ्ख्या रहेको थियो । यस वर्ष थालिएको जनगणनामा छ लाख ६० हजार पुग्ने आकलन गरिएको छ । नेपालमा १९६८ सालदेखि जनगणना सुरु भएको थियो । हरेक १०-१० वर्षमा जनगणनाको कामलाई अभियानका रुपमा सञ्चालन गरिएको छ ।
कक्षा १२ का परीक्षार्थीलाई खोप लगाउन सुरु
कक्षा १२ को परीक्षा दिने विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ । जिल्ला कोभिड–१९ खोप समन्वय समितिको बैठकले परीक्षा दिने नियमित तथा आंशिक विद्यार्थीलाई खोप दिने निर्णयानुसार सुरु गरेको हो ।
काेरोनाका कारण लामो समयदेखि बन्द रहेका विद्यालय तथा क्याम्पस बिस्तारै खुल्न थालेका छन् । कक्षा १२ को परीक्षा भौतिकरुपमा सञ्चालन हुने भएपछि खोपको व्यवस्था गरिएको हो । जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ दाङ र राष्ट्रिय परीक्षा बोर्ड दाङको समन्वयमा यही भदौ २७ र २८ गते एस्ट्रोजेनिका खोप लगाउन शुरु गरिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
दाङका १० वटै स्थानीय तहका कक्षा १२ का विद्यार्थीलाई खोप लगाउन शुरु गएिको हो । लमहीमा ९९९, घोराहीमा तीन हजार ८४६, तुलसीपुरमा तीन हजार ३८९, राप्ती गाउँपालिकामा ७११, बङ्गलाचुलीमा ५२, बबईमा १९१, दङ्गीशरणमा ८७, गढवामा ४५८, राजपुरमा १३३ र शान्तीनगरमा २९१ गरी जम्मा १० हजार १५७ जनालाई खोप लगाउने व्यवस्था गरिएको स्वास्थ्य कार्यालयका प्रमुख अङ्गतबहादुर शाहीले जानकारी दिए।
घोराही उपमहानगरपालिका–१५ मा रहेको पद्मोदय नमूना मावि खोप केन्द्रमा आएका सम्पूर्ण विद्यार्थीले अनिवार्यरुपमा प्रवेश पत्र लिएर आएको सिनियर स्टाप नर्स राधा पौडेलले जानकारी दिए । यही भदौ ३० गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन हुँदैछ, त्यसैको तयारीमा सरकारले खोपको व्यवस्था गरेको हो ।
त्यस्तै यसअघि एस्ट्राजेनिक खोप लगाउन छुटेका लक्षित समूहलाई पनि दिइने भएको छ । साथै सोही खोपको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्राको व्यवस्था गरिदिन सम्बन्धित निकायमा माग गर्नेसमेत निर्णय गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनीका ७ जना मन्त्रीले पाए जिम्मेवारी
बैशाख १२, २०८१ बुधबार
लुम्बिनी विकास कोषले देखायो हदैसम्मको लापरवाही, अहिलेसम्म फेरिएन च्यातिएको झण्डा
बैशाख १२, २०८१ बुधबार
बाँकेका विभिन्न सामुदायिक वनमा डढेलो
बैशाख ९, २०८१ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भारतमा लोकसभाको दोस्रो चरणको मतदान जारी, १३ राज्यका ८८ सिटमा चुनाव हुँदै
बैशाख १४, २०८१ शुक्रबार
भारी वर्षाले जेलभवन भत्काएपछि भागे १०० बढी कैदी
बैशाख १४, २०८१ शुक्रबार
विशिष्ट व्यक्तिबाहेकका सुरक्षाकर्मी २४ घण्टाभित्र फिर्ता बोलाउन गृहको निर्देशन
बैशाख १४, २०८१ शुक्रबार
अष्ट्रेलियाको समुन्द्र तटबाट १३० व्हेल माछाको उद्दार
बैशाख १४, २०८१ शुक्रबार
कोरियाबाट फर्किएर ‘ड्रागन फ्रुट’ खेती
बैशाख १४, २०८१ शुक्रबार
लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
बैशाख १४, २०८१ शुक्रबार