७ आश्विन २०७८, बिहीबार

बर्नलीमाथि एभर्टनको सहज जित

प्रकाशित मिति :  २९ भाद्र २०७८, मंगलवार ०६:३०


२९ भदौ, काठमाडौं । इंग्लिस प्रिमियर लिग ‘इपीएल’ मा एभर्टनले बर्नलीमाथि सहज जित निकालेको छ । सोमबार राति गुडसन पार्कमा भएको खेलमा एभर्टनले बर्नलीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा एभर्टनलाई जित दिलाउन माइकल केन, एन्ड्रोस टाउनसेण्ड र डेमाराई ग्रेले १-१ गोल गरे । बर्नलीका लागि बेनमीले १ गोल गरे ।खेलमा अग्रता भने भ्रमणकारी टोली बर्नलीले बनाएको थियो । दोस्रो हाफको ५३ मिनेटमा बेनमीले बर्नलीलाई अग्रता दिलाए ।

६० मिनेटमा माइकलले गोल गर्दै घरेलु टोलीलाई १-१ को बराबरीमा ल्याए । बराबर गोल गरेको पाँच मिनेटमै एन्ड्रोसले २-१ को अग्रता दिलाए ।६६ मिनेटमा ग्रेले एभर्टनको लागि तेस्रो गोल गर्दै ३-१ को जित सुनिश्चित गरे ।

जितसँगै एभर्टन तालिकाको चौथो स्थानमा उक्लिएको छ । उसको चार खेलबाट १० अंक भएको छ । पराजित बर्नली समान चार खेलबाट एक अंकसहित १८औँ स्थानमा छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा