७ आश्विन २०७८, बिहीबार

कृषि विकास बैंकको ऋणपत्र बाँडफाँड

प्रकाशित मिति :  २९ भाद्र २०७८, मंगलवार १०:२८


२९ भदौ, काठमाडौं । कृषि विकास बैंकको ऋणपत्र बाँडफाँट भएको छ ।

कम्पनीले  १ हजार प्रति ऋणपत्रका दरले ६० लाख कित्ताले हुन आउने ६ अर्ब बराबरको ऋणपत्र भदौ ८ गतेदेखि २२ गतेसम्म संस्थागत लगानीकर्तालाई परिपत्र विधिबाट निष्कासन गरेको थियो ।

सो अवधिभित्र रितपूर्वक ऋणपत्रका लागि प्राप्त आवेदनहरु कम्पनीको सञ्चालक समितिले ३४ लाख २६ हजार ९७५ कित्ता ऋणपत्र भदौ २५ गते बाँडफाँट गरेको जानकारी दिएको छ ।

ऋणपत्रको विक्री प्रवन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा