७ आश्विन २०७८, बिहीबार

विकास बैंकहरूले बढाए व्यापारः एक सातामै थपियो ७३ करोड रुपैयाँ निक्षेप

प्रकाशित मिति :  २९ भाद्र २०७८, मंगलवार ११:४३


२९ भदौ, काठमाडौं । विकास बैंकहरूले भदौ महिनाको पछिल्लो एक सातामा ३ अर्ब १४ करोड रुपैयाँले व्यापार बढाएका छन् । एक सातामा विकास बैंकहरुमा ७३ करोड निक्षेप थपिएको छ । यस अवधिमा विकास बैंकहरुको निक्षेप तथा कर्जा दुवै बढेको छ ।

बैंकहरुको कर्जा एक सातामा ०.७३ प्रतिशतले बढेर ४ खर्ब ३६ अर्ब २३ करोड रुपैयाँ पुगेको छ ।

यस्तै, विकास बैंकहरुको कुल निक्षेप ४ खर्ब ८९ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । गत साता विकास बैंकहरुको कुल निक्षेप ४ खर्ब ८८ अर्ब ५४ करोड थियो ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा