८ आश्विन २०७८, शुक्रबार
प्रतिनिधिसभा बैठक
राजनीति

सरकारले पेस्की अध्यादेश नल्याउने : अर्थमन्त्री

प्रकाशित मिति :  २९ भाद्र २०७८, मंगलवार १३:५८


२९ भदौ, काठमाडाैं ।  सरकारले पेस्की अध्यादेश नल्याउने स्पष्ट पारेको छ । अर्थमन्त्री जनार्दन शर्माले भने पेस्की अध्यादेश नआउने स्पष्ट पारेका हुन् ।

एमालेको अवरोधका बीच पनि अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक संसदमा पेस भए पनि पारित हुने अवस्था नभएपछि पेस्की बजेट आउने अनुमान गरिएको थियो ।

मंगलबार संसद बैठकमा सहभागी भएर बाहिरिने क्रममा मन्त्री शर्माले सदन चलिरहेकाले अध्यादेश नआउने बताए । कर उठाउने विशेष व्यवस्था रहेको भन्दै उनले पेस्की अध्यादेश नल्याउने बताए ।

एमाले सांसदहरूको नाराबाजीले प्रतिनिधिसभा बैठक प्रभावित हुँदै आएको छ । मंगलबार पनि एमाले सांसदहरूको नाराबाजी चल्यो । तर, सभामुख अग्निप्रसाद सापकोटाले कार्यसूचीमा प्रवेश गराएको बैठकले विनियोजन विधेयकलाई स्वीकृत गरेको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा