७ आश्विन २०७८, बिहीबार

बेलायती प्रधानमन्त्रीलाई मातृ शोक

प्रकाशित मिति :  २९ भाद्र २०७८, मंगलवार १५:५२


२९ भदौ, लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई मातृ शेक परेको छ । उनकी माता कार्लोट जोन्सन वाहलको ७९ बर्षमा निधन भएको अधिकारीहरुले जानकारी दिएका छन् । उनी व्यवसायिक चित्रकार थिए ।

उनलाई ४० बर्षको उमेर देखि नै पार्किन्सन रोगले दुःख दिदै आएकोमा अहिले उपचार सफल नभइ उनको निधन भएको हो ।

स्थानीय सञ्चार माध्यमहरुले असामयिक रुपमा उहाँको निधन भएको र त्यसप्रति धेरैले दुःख व्यक्त गरेको समाचार प्रकाशन गरेका छन् । लेबर पार्टीका नेता सिर कैर स्तारमरले प्रधानमन्त्री जोन्सनको आमाको निधन भएको खवरले आफूलाई स्तब्ध बनाएको उल्लेख गरेको छ । उनले जोन्सन परिवारप्रति समवेदना पनि व्यक्त गरेको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा