८ आश्विन २०७८, शुक्रबार
कोरोना भाइरस

आज थप १,५६२ जनामा काेराेना पुष्टि, १९ संक्रमितको मृत्यु

प्रकाशित मिति :  २९ भाद्र २०७८, मंगलवार १६:५१


२९ भदौ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो अवधिमा कोरोना संक्रमणबाट १९ जनाको मृत्यु भएको छ भने १ हजार ५८९ जना निको भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार २ सय ६६ पीसीआर परीक्षण गर्दा १ हजार १८० जना र ४ हजार १७७ एन्टिजेन परीक्षण गर्दा ३ सय ८२ गरी १ हजार ५६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

यसैबीच आज थपिएकामध्ये काठमाडौं उपत्यकाका ४०४ छन् । काठमाडौंमा २९४, भक्तपुरमा ४८ र ललितपुरमा ६२ जनालाई संक्रमण पुष्टि भएको छ ।

अहिलेसम्म नेपालमा ८ लाख ६६ हजार ९०५ जनालाई संक्रमण पुष्टि भइसकेको छ भने ७ लाख ४२ हजार ३०६ जना निको भएका छन् १० हजार ९८४ जनाको मृत्यु भएको छ ।

 

 


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा
तपाईको आजको राशीफल कस्तो छ ?
नेपालबहस संवाददाता