एनआरटी र केल्मीबीच चार वर्षको सहकार्य सम्झौता
नेपालबहस संवाददाता
भदौ ३०, २०७८ बुधबार २३:८:४१
३० भदौ, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग क्लब न्युरोड टिम एनआरटी ‘काठमाडौं खेल मण्डल’ र स्पोर्ट्स कीट ब्रान्ड केल्मीबीच चार वर्षको सम्झौता भएको छ । बुधबार क्लबले त्रिपुरेस्वरस्थित आफ्नै भवनमा पत्रकार सम्मेलन गर्दै आगामी चार वर्षको लागि सहकार्य गरेको हो ।
एनआरटीले कामारु ट्रेडिङ प्रालिको केल्मी ब्राण्डसँग चार वर्षका लागि सम्झौता गरेको हो । सम्झौताअनुसार एनआरटीले आफूले खेल्ने प्रतियोगितामा चारवर्षसम्म केल्मी ब्राण्डको ट्र्याक सुट, होम एन्ड अवे जर्सी, बिब्स र बल प्रयोग गर्नेछ ।
सम्झौतापत्रमा एनआरटीबाट अध्यक्ष सुन्दर जोशी तथा महासचिव नरेन्द्र श्रेष्ठ र केल्मीकातर्फबाट निर्देशक प्रदिप न्यौपाने र उत्तम न्यौपानेले हस्ताक्षर गरेर सम्झौता पत्र आदान प्रदान गरे ।
‘सम्झौता चार वर्ष मात्र होइन ४० वर्षसम्म पु¥याउँछौँ । क्लबसँग आगामी दिनमा समन्वय गरेर अगाडि बढ्नेछौँ’, केल्मीका निर्देशक प्रदिप न्यौपानेले बताए ।
एनआएटीका महासचिव श्रेष्ठले केल्मीसँगको सहकार्यले क्लबलाई लिग खेल्न सहज हुने र यसलाई आगामी यात्राको लागि एउटा खुट्किलो भएको बताए ।
क्लबले सहिद स्मारक ए डिभिजन लिगको उपाधि पाँचपटक जितिसकेको छ । क्लबले यसपटकसमेत उपाधिी जित्ने योजना रहेको बताएको छ ।यस सिजन क्लबमा राष्ट्रिय खेलाडी एरिक बिस्ट, दर्शन गुरुङ, बिक्रम धिमाल, राजेश परियार, विदेशी खेलाडी मेसुके र स्टेफन छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअल हिलालले जित्यो साउदी लिगको उपाधि
बैशाख ३०, २०८१ आइतबार
साउदी लिगमा अल हिलालको अपराजित यात्रा कायमै
बैशाख २५, २०८१ मंगलबार
नेपाल र इङल्याण्डको सी टिमविरुद्धको मैत्रीपूर्ण खेल आज
बैशाख २४, २०८१ सोमबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वासको मत लिने, एमाले अझै अनिर्णित !
बैशाख ३१, २०८१ सोमबार
कपिलवस्तुमा राष्ट्रिय एकता अभियानको सम्मेलन सम्पन्न
बैशाख ३१, २०८१ सोमबार
ओलम्पिकमा छनौट भएका प्रिन्सको तयारी बारे घिसिङको चासो
बैशाख ३१, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड”बाट सम्मानित
बैशाख ३१, २०८१ सोमबार