तपाईको आजको राशीफल कस्तो छ ?
ज्योतिषी: गणेश काफ्ले
असोज २, २०७८ शनिबार १२:२५:१८
वि.सं.२०७८ साल असोज ०२ गते । शनिबार । ईश्वी सन् २०२१ सेप्टेम्बर १८ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । शरद् ऋतु । श्रीशाके १९४२ । भाद्र शुक्लपक्ष । तिथि–द्घादशी, ,बिहान ०६ बजेर ५७ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र– धनिष्ठा,रातको ०४ बजेर १९ मिनेट उप्रान्त शतभिषा । योग–सुकर्मा, बेलुकी ०८ बजेर २५ मिनेट उप्रान्त धृति । करण– बालव, बिहान ०६ बजेर ५७ मिनेट उप्रान्त कौलव, बेलुकी ०६ बजेर २० मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–प्रवद्र्ध योग । चन्द्रराशि–मकर,बेलुकी ०४ बजेर ३० मिनेट उप्रान्त कुम्भ । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५० मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०३ मिनेट । दिनमान ३० घडी ३२ पला । शनि प्रदोषव्रत इन्द्रध्वजोत्थान, मतछोएक, न्हुघया ।
मेष ‘चू,चे,चो,ला,लि,लू,ले,लो,अ’:- पढाईलेखाईमा उच्च स्तरको सफलता हात लाग्नेछ भने प्राबिधिक शिक्षामा समय खर्चिनेहरुले राम्रो प्रगती गर्न सक्नेछन् । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ भने अग्रजहरुको सम्पती प्रयोग गर्न पाईनेछ । नविन विचारको प्रयोग मार्फत व्यावसायलाई बढाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहनेछ भने कार्यक्षेत्रमा तपाईको कामको उच्च सम्मान गरिनेछ ।
बृष ‘ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो’:- नयाँ जिम्मेवारी प्राप्त हुनेछ भने सफलतापूर्वक जीम्मेवारी सम्पादन गर्न सकिने हुनाले नाम तथा दाम दुवै कमाउन सकिनेछ । साथिभाई तथा आफन्तका साथ रमाईलो वातावरणमा दिन बित्नेछ । पढाईलेखाईमा मन जाने हुनाले प्रतिस्पर्धीमा अरुभन्दा अग्र स्थानमा तपाईंको नाम आउनेछ । सरकारी क्षेत्रमा तपाईको गतिलो उपश्थितीले समाजमा छुट्टै पहिचान बनाउन सकिनेछ ।
मिथुन ‘का,की,कू,घ,ङ,छ,के,को,हा’:- सत्यता बुझेर अगाडी बढ्नुको सट्टा हल्लाको पछी लाग्दा दुख पाईनेछ । पुरानो रोगले सताउन सक्छ ध्यान दिनुहोला । अनावश्यक यात्रा तथा खर्च बढ्ने हुनाले मन चिन्तित रहनेछ । अरुकै कामका लागी समय खर्चनु पर्ने हुँदा आफ्नो काम थाती रहनेछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले टाडिनु पर्ने बाध्यता आउनेछ । साझको समय राम्रो रहेकोले धार्मिक क्षेत्रमा मन जानेछ ।
कर्कट ‘ही,हू,हे,हो,डा,डी,डु,डे,डो’:- तार्किक क्षमताबा बृद्धि भएर जानेछ भने बाणिमा थप निखारता आउने हुनाले नाम तथा दाम दुवै कमाउन सकिनेछ । एकल तथा साझेदारी व्यापार फस्टाएर जानेछ भने व्यपारकै शिलशिलामा रमाईलो यात्राको तय हुनेछ । मायाप्रेममा नजिक हुने समय रहेकोछ भने बिपरित लिङग प्रतिको आकर्षण बढेर जानेछ । पढाईमा अरुभन्दा एक कदम बढी सफलता हात पार्न सकिनेछ । साझपख सवारीसाधन प्रयोग गर्दा ध्यान दिनुहोला ।
सिंह ‘मा,मी,मू,मे,मो,टा,टी,टू,टे’:- व्यावसायमा प्रशस्त आम्दानी हुने तथा पुराना कारोबारहरुलाई सल्टाउने समय रहेको छ । शत्रुले दुख दिन खोजे पनि अन्तत उनिहरुलाई परास्त गर्दै अगाडी बढ्न सकिने छ । आफन्त तथा मावली पक्षबाट सहयोगको अपेक्षा गर्न सकिनेछ । विवाद तथा न्यायिक निर्णयहरुबाट हुने सुनुवाई तपाईकै पक्षमा हुने हुनाले मन प्रशन्न हुनेछ । पढाईलेखाईमा प्रतिद्धन्द्धिहरुलाई किनारा लगाउदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ ।
कन्या ‘टो,पा,पी,पू,ष,ण,ठ,पे,पो’:- रमाईलो भेटघाट हुने तथा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । शुभचिन्तक तथा आफन्तको सल्लाह तथा सुझाबलाई शिरोधार्य गर्दै अगाडी बढ्न सके गन्तव्य पहिल्याउन सहज हुनेछ । व्यापारमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने नयाँ योजनाको रुप रेखा कोर्न सकिने छ । प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न पाईने हुँदा पन प्रशन्न रहनेछ । उपाहार तथा भौतिक सम्पती प्राप्तिको योग रहेको छ ।
तुला ‘रा,री,रु,रे,रो,ता,ती,तू,ते’:- मायाप्रेममा अबिश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाव उत्पन्न हुनेछ । अन्य काममा व्यास्त हुँदा पढाईलेखाई कमजोर रहनेछ । कृषि तथा पशुपालन व्यावसायमा समय लगानी गर्नेहरुले भनेजस्तो आम्दानी गर्न सक्नेछन् । समाजसेवामा नाम कमाउन अली बढि नै संघर्ष गर्नु पर्नेछ । साझको समय राम्रो रहेकोले आफन्त तथा ईष्ट मित्रसँग भेटघाट हुनाले मन प्रशन्न रहनेछ ।
बृश्चिक ‘तो,ना,नी,नू,ने,नो,या,यी,यू’:- छोटो दुरिको परिणाममूखि यात्राको तय हुनेछ भने खेलकुद तथा अन्य क्रियाकलापमा समय दिनेहरुले राम्रो सफलता प्राप्त गर्न सक्नेछन् । उद्योग तथा व्यापार व्यावसायमा लगानी बढाई भनेजस्तो नाँफा कमाउन सकिनेछ । मायाप्रेममाको गाठो कसिलो हुनुको साथै दाम्पत्य जीवनमा खुसियाली छाउनेछ । पराक्रम बढेर जानेछ भने दाजुभाई तथा अन्य ईष्टमित्रबाट सहायोग हुने हुँदा मन खुशि रहनेछ । साझपख यात्रा गर्दा ध्यान दिनुहोला ।
धनु ‘ये,यो,भा,भी,भू,ध,फा,ढा,भे’:- सबैको सहयोग पाईने हुँदा प्रतिष्ठित काम गर्ने अवसर जुर्नेछ । बोलेर गर्ने कुनैपनि पेशा व्यावसाय फस्टाएर जानेछ । समय अनुशार विचार सिर्जना गर्न सकिने हुँदा धेरैको मन जित्न सकिनेछ । कुटुम्ब तथा आफन्तसँग मिलेर गर्ने कुनै पनि व्यावसाय फस्टाएर जानेछ भने आर्थिक अवस्थामा सुधार भएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेकोछ । गितसंगित तथा मोडलिङ पेशा व्यावसायबाट भनेजस्तो आम्दानी हुनेछ ।
मकर ‘भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी’:- समयमा कामहरु सम्पन्न हुने तथा अरुको काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै समय लगानी गर्दापनि सकारात्मक नतिजा हात लागी हुने योग रहेको छ । तपाईको लुवाई ख्वाई देखेर सबैजना मोहित हुनेछन् । मायाप्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउदा मन प्रशन्न हुनेछ । व्यापार व्यावसायमा प्रसस्त नाँफा कमाउन सकिनेछ भने लगानी गर्ने वातावरण बनाउन सकिनेछ ।
कुम्भ ‘गू,गे,गो,सा,सी,सू,से,सो,दा’:- कर्म क्षेत्रमा आउने बिवादले आत्मसम्मानमा कमिको महशुस हुनेछ । आकस्मिक खर्च बढ्ने तथा आर्थिक संकटको सामना गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या आउने भएपनि दैनिक काम गर्न गाह्रो हुने छैन । साथिभाई तथा आफन्त हरुको भेटघाटले नयाँ काम गर्ने अवसर आएपनि फाईदाको लागी अली बढि मेहनेत गर्नुपर्नेछ । साझको समय राम्रो रहेकोले व्यापारमा बृद्धि भई आर्थिक क्षेत्र फराकिलो हुनेछ ।
मीन ‘दी,दू,थ,झ,ञ,दे,दो,चा,ची’:- आर्थिक अवस्था उकास्न गरिने क्रिर्याकलापहरु फस्टाएर जाने हुनाले मनग्गे आम्दानी हुनेछ । बुवाको धन परिचालन गरी लाभ लिन सकिनेछ । शिक्षा तथा यस्तै क्षेत्रमा लगानी गर्ने अवसर आउनेछ । दाजुभाईको सहयोगले सवारीसाधन जोड्न सकिनेछ भने प्रेम तथा मित्रतामा आत्मियताको विकास हुनेछ । अध्ययनमा सुधार भएर जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाईको नाम आउनेछ । साझको समय मध्यम रहेकोले खानपानमा ध्यान दिनुहोला । तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी: गणेश काफ्ले
ज्योतिष गणेश काफ्ले नेपालबहस डटकमका नियमित स्तम्भकार हुन् । फलित ज्योतिषमा जानकार उनले चिना, टिपन, ज्योतिष परामर्श तथा कुण्डली विश्लेषण गरी प्रेम, विवाह ,व्यापार व्यवसाय, शिक्षा, स्वास्थ्य, सरकारी जागीर, वैदेशिक यात्रा, पारिवारिक सम्बन्ध लगाएत अन्य धेरै कुरामा परामर्श दिने गरेका छन् । उनी नवयूग ज्योतिष परामर्श सेवा केन्द्र,चाबहिल ,काठमाडौंसँग सम्बन्धित छन् ।
लेखकबाट थपतपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ४, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ३, २०८१ सोमबार
तपाईको आजको राशिफल कस्तो छ ?
बैशाख २, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार