११ कार्तिक २०७८, बिहीबार

रोष्ट्रम अगाडि केपी ओली र सुवास नेम्वाङ

प्रकाशित मिति :  ४ आश्विन २०७८, सोमबार १२:०४


४ असोज, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूको नाराबाजी भइरहेको छ । उनीहरूको नाराबाजीबीच सभामुख अग्निप्रसाद सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराएका छन् ।

विनियोजनक विधेयकमाथि छलफलपछि बैठकले स्वीकृत गरेको छ । सोही क्रममा आफ्ना सांसदहरूको नाराबाजी भइरहँदा एमाले संसदीय दलका नेता केपी ओली र उपनेता सुवास नेम्वाङ पनि रोष्ट्रम अगाडि उभिएका छन् ।

सांसदले नाराबाजी लगाइरहँदा ओली र नेम्वाङबीच भने कुराकानी भएको छ । तर, के विषयमा कुराकानी भएको हो भन्ने खुलेको छैन ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा