राशनमा घोटला : एक दर्जन गणपति र गुल्मपतिहरुमाथि छानवीन शुरु
नेपालबहस संवाददाता
असोज ६, २०७८ बुधबार २१:१५:४४
६ असोज, काठमाडौ । सशस्त्र प्रहरीले सीमा क्षेत्रमा सशस्त्र प्रहरीमाथि आक्रमणका घट्ना बढेको तथा राशन र सीमामा बद्मासी बढेको भन्दै एक दर्जन गणपति र गुल्मपतिहरुमाथि छानवीन शुरु गरेको छ ।
उनीहरुलाई सशस्त्र प्रहरी बलका गणपति गुल्मपतिहरुमाथि मुख्यालयले छानबिन शुरु गरेको छ । खास गरि २ नम्बर प्रदेश अन्तर्गत सर्लाही स्थित १० नम्बर गणका एसपी गंगाराम श्रेष्ठ , ६ नम्बर गण सप्तरीका एसपी राजु श्रेष्ठ तथा ७ नम्बर गण सिरहाका एसपी दिपेन्द्र गिरि छानबिनमा तानिएका छन् ।
कञ्चनपुर लगायतका देशका विभिन्न भागमा सीमा सुरक्षामा खटिएका प्रहरी जवानमाथि भारतीय तस्करहरुले आक्रमण गरेको घट्ना सेलाउन नपाउदै मुख्यालयले उनीहरुमाथि छानवीन शुरु गरेको हो ।
बिगतदेखि नै ति जिल्लामा तस्करी बढेको र त्यसलाइ २ नम्बर बाहिनिका प्रमुख डीआईजी चन्द्र प्रकाश गौतमको समेत संरक्षण रहेको मुख्यालयको बुझाइ छ । माछा र आलु समात्ने तर ठुला तस्करीमा आंखा चिम्लने गरेको आरोप डीआईजी माथि छ ।
यति मात्र होइन अहिले २ नम्बर प्रदेश बाट ब्यापक मात्रामा तस्करी भइरहेको श्रोतको दाबी छ । यता पहाडका गुल्म बाट अधिक बिदा छोडेर राशनमा अनियमितता गर्ने माथि पनि सशस्त्र मुख्यालयले सुक्ष्म ढंगले निगरानि बढाएको बुझिएको छ ।
बिभिन्न आबरणमा निगरानि बढाइएको छ , यसमा बिशेष गरि भोजपुरका गुल्मपति डीएसपी दिपक बराल , पांचथरका डीएसपी किशोर श्रेष्ठ , दोलखाका डीएसपी बुद्धिनारायण महर्जन लगायत छन् । सशस्त्र प्रहरीमा गणपति र गुल्मपतिले मूख्यालयलाई छलेर अधिकतमा सिपाहीहरुलाई घर विदामा छाड्ने गरेका छन् ।
घर विदामा जाँदा राशन वलापतको रकम गुल्पति वा कमाण्डरलाई बुझाउने गरिन्छ । यस विषयमा सशस्त्र प्रहरी मूख्यालयको सञ्चार शाखाले अनभिज्ञता प्रकट गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
फेवातालमा सशस्त्रकाे विपद् उद्धारसम्बन्धी कृतिम घटना अभ्यास
बैशाख १८, २०८१ मंगलबार
सीमा क्षेत्रमा सशस्त्रको पैदल गस्ती सुरु
बैशाख ९, २०८१ आइतबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
ट्राफिक सचेतनामा महानायक राजेश हमाल
बैशाख २१, २०८१ शुक्रबार
आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग
बैशाख २१, २०८१ शुक्रबार
अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो
बैशाख २१, २०८१ शुक्रबार