११ कार्तिक २०७८, बिहीबार

एकीकृत समाजवादी बनाउन हाम्रो पनि ठूलो मेहनत छ : प्रचण्ड

प्रकाशित मिति :  ७ आश्विन २०७८, बिहीबार १५:२०


७ असोज, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधवकुमार नेपालको पार्टी नेकपा ‘एकीकृत समाजवादी’ बनाउन आफ्नो ठूलो भूमिका रहेको बताएका छन् ।

‘केपी ओलीलाई हामीले एक्सपोज गर्‍यौं । माधव र झलनाथको पार्टी बन्यो । पार्टी बनाउनमा कम मेहनत चाहिँ हाम्रो पनि थिएन, ‘वाईसीएलको पाँचखाल नगर सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘ उहाँहरूसँग सहकार्य बढाउनुहोला । मोहन वैद्य किरण, विप्लवसँग, बाबुरामसँग हार्दिकता बढाउनुहोला । हामी केन्द्रमा सहकार्य बढाउँदैछौं ।’

प्रचण्डले एमालेमा फर्किएका भीम रावलहरूप्रति दया लागेको बताए । उनीहरू ढिलोचाँडो माधव नेपालको पार्टीमा फर्किने उनको भनाइ थियो ।’केपीसँग आत्पसमर्पण गरेका साथी देख्दा दया लाग्छ । ढिलोचाँडो निस्किन्छन् । बस्ने अवस्था नै छ । राजनीतिक रूपबाट होइन ओलीले गरेको कुकर्मका कारण बस्न मिल्ने अवस्था हुने छैन,’ उनले भने ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा