११ कार्तिक २०७८, बिहीबार

बालिकामाथि सामूहिक बलात्कारको आरोपमा २६ जना पक्राउ

प्रकाशित मिति :  ७ आश्विन २०७८, बिहीबार १९:४०


७ असोज, काठमाडौं । भारतको महाराष्ट्रमा एक बालिकामाथि सामूहिक बलात्कारको आरोपमा २६ जना पक्राउ परेका छन् । महाराष्ट्रको डोंबिबलीकी १५ वर्षीया किशोरीले आफूमाथि आठ(नौ महिनासम्म जबर्जस्ती करणी भएको बताएकी छन् ।

प्रहरीमा उजुरीका क्रममा आरोपीहरू आफ्नै साथी भएको उनले बताइन् । बालिकाले २९ जनाविरुद्ध उजुरी दर्ता गराएकी छन् । तीमध्ये २६ जना मात्र पक्राउ परेका छन् भने बाँकी तीन जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकामध्ये दुई जना नाबालिग रहेका छन् । पीडित बालिकाका अनुसार उनका केटा साथीले अश्लील भिडियो बनाएकाले उक्त भिडियोका कारण केटा साथीका साथीहरूले क्ल्याकमेल गर्दै बलात्कार गर्ने गरेका हुन् ।

यस घटनाको छानविन महिला अधिकारीले नै गर्ने तय गरिएको छ । घटनाबारे थप जानकारी आउन बाँकी छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा