३० आश्विन २०७८, शनिबार
प्रदेश १

प्रदेश १ ले माग्यो २५ स्टाफ नर्स

प्रकाशित मिति :  ८ आश्विन २०७८, शुक्रबार ०८:५६


स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार र दोषीमाथि कारबाहीको मागसहित प्रदर्शन

८ असोज, काठमाडौं । प्रदेश १ सरकारले कोभिड-१९ नियन्त्रणका लागि २५ जना स्टाफ नर्स भर्ना गर्ने भएको छ । सामाजिक विकास मन्त्रालयले एक सूचना जारी गरी कोसी अस्पताल र कोभिड-१९ उपचार केन्द्रका लागि करार सेवामा स्टाफ नर्स पाँचौ तहमा भर्ना आह्वान गरेको हो ।

मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र तह उत्तीर्ण गरेका उम्मेदवारले १४ असोजभित्र दरखास्त दिन सक्नेछन् । करार सेवा भर्ना हुने कर्मचारीले तलबस्केलसहित ५० प्रतिशत जोखिम भत्ता लगायतका सुविधा प्राप्त गर्ने मन्त्रालयले जानकारी दिएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा