११ कार्तिक २०७८, बिहीबार

लामो दूरीमा चल्ने सवारीसाधनको ३० प्रतिशत भाडादर बढाएर अग्रिम टिकट बुकिङ खुल्यो

प्रकाशित मिति :  ११ आश्विन २०७८, सोमबार ११:०१


११ असोज, काठमाडौं । दशैंका लागि काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुले आज (असोज ११ गते) सोमबारदेखि अग्रिम टिकट बुकिङ खुलेको छ।

सरकारले आजदेखि लामो दूरीका सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गरेको हो। गोंगबुस्थित नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङका लागि टिकट काउन्टरसमेत थप गरिएको छ।

अनलाइनको माध्यमबाटसमेत टिकट बुकिङको व्यवस्था गरिएको विभागले जनाएको छ। दशैंका मनाउन लागी काठमाडौं उपत्यकाबाट लामो तथा छोटो दूरीका करिब २० लाख मानिस घर फर्किने गरेका छन्।

सरकारले गत साउनमा भाडादर समायोजन गर्दै लामो दूरीमा चल्ने यातायातको भाडा ३० प्रतिशतसम्म बढाएको छ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा