पर्यटन प्रवद्र्धनका लागि ११८ युवालाई होटल तालिम
नेपालबहस संवाददाता
असोज १५, २०७८ शुक्रबार १३:३२:५९
१५ असोज, काठमाडौं । कोथिना मिठो छ होटल तालिम केन्द्रले मुलुकको पर्यटन प्रवद्र्धनका लागि ११८ युवालाई होटल तालिम प्रदान गरिएको छ । होटल व्यवस्थापन तथा पर्यटन शिक्षामा एक दशकदेखि लाजिम्पाटमा निरन्तर सेवा प्रदान गर्दै आएको उक्त केन्द्रले बेकरी, हाउस किपिङ, वरिष्टा, कुकिङ, बार टेण्डर तथा वेटर तालिम सम्पन्न गरेको हो । तालिम सम्पन्नसँगै उक्त विद्यार्थीलाई बिहीबार प्रमाणपत्र वितरण गरिएको छ ।
कार्यक्रममा वरिष्ठ सेफ गोविन्दनरसिंह केसीले कोभिड–१९ ले धरासयी बनेको पर्यटन व्यवसायलाई पुनरुत्थान गर्न यस्ता तालिमले सहयोग पुग्ने विश्वास व्यक्त गरे । “नेपाली खानालाई विश्वमाझ फैलाउन नेपाली सेफको महत्वपूर्ण भूमिका रहेको छ”, उनले भने । मन, वचन, कर्म र लगनशील भएर काम गरे देशको विकास हुने उनको भनाइ थियो ।
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान ९नाथम०का प्रशिक्षक समिक शर्माले विद्यार्थीले सिकेका कुरालाई व्यवहारमा उतार्न आग्रह गरे । यस्ता तालिमले स्वदेश तथा विदेशमा रोजगारीको सम्भावनामा वृद्धि हुने उनको भनाइ थियो ।
तालिमका प्रशिक्षक प्रकाश भण्डारीले नेपालमा पर्यटन क्षेत्रको राम्रो सम्भावना भएको भन्दै यस क्षेत्रलाई अगाडि बढाउन यस्ता तालिमले उत्पादन गरेको जनशक्तिको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । तालिम दुईदेखि छ महिना सञ्चालन भएको थियो ।
एशोसिएशन अफ नेपाल आकीद्वारा सन् २०१२ मा मुनाफा वितरण नगर्ने संस्थाका रूपमा सञ्चालित उक्त केन्द्रले हालसम्म तीन हजारभन्दा बढी युवालाई होटल तालिम प्रदान गरिसकेको केन्द्रका प्रमुख कार्यकारी अधिकृत ‘सिइओ’ देवेन्द्र पोखरेलले जानकारी दिए । तालिममा आर्थिक अवस्था कमजोर भएका ७५ विद्यार्थीलाई निःशुल्क तालिम प्रदान गरिएको पोखरेलले बताए ।
विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि सुरु भएको पहिलो र दोस्रो चरणको काेरोना संक्रमणको समयमा कोथिना मिठो छ संस्थाले राजधानी काठमाडौं र राजधानी बाहिरका विभिन्न जिल्लामा निःशुल्क औषधि तथा स्वास्थ्य सामग्री सहयोग गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपृथ्वी राजमार्गका होटल व्यवसायीलाई ‘पर्यटकमैत्री सेवा’सम्बन्धी तालिम
बैशाख ३०, २०८१ आइतबार
उत्कृष्ट पर्यटकीय गन्तव्य रारामा रिसोर्ट बन्ने भएपछि कर्णालीको पर्यटनमा विकासको अपेक्षा
बैशाख २९, २०८१ शनिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
बैशाख ३१, २०८१ सोमबार
झापामा सम्बन्धविच्छेदका मुद्दा बढे
जेठ १, २०८१ मंगलबार
सभामुखले बोलाए दलका सचेतक र कार्यव्यवस्था परामर्श समितिको बैठक
जेठ १, २०८१ मंगलबार
मुम्बईमा आँधीले होर्डिङ बोर्ड ढल्दा १४ जनाको मृत्यु
जेठ १, २०८१ मंगलबार
१ सय दुई वर्षीय वृद्धसहित एक सय ४३ जनाको शल्यक्रिया
जेठ १, २०८१ मंगलबार
नीति तथा कार्यक्रमलाई अवरोध नगर्न कांग्रेसलाई प्रधानमन्त्रीको आग्रह
जेठ १, २०८१ मंगलबार
आइपिएलमा आज दिल्ली र लखनउ खेल्दै
जेठ १, २०८१ मंगलबार