३० आश्विन २०७८, शनिबार

महालक्ष्मी लाईफ इन्स्योरेन्सले गर्यो विराटनगर र धनगढीमा बीमा सम्बन्धी जनचेतना कार्यक्रम

प्रकाशित मिति :  १५ आश्विन २०७८, शुक्रबार १४:४४


१५ असोज, काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले युवाबीच बीमा सम्बन्धी जनचेतना ल्याउने उद्देश्यले संचालन गरेको ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम विराटनगर र धनगढीमा आज सम्पन्न गरेको छ।

सिटी कलेज विराटनगरका प्रिन्सिपल तिर्थ राज घिमिरेको अध्यक्षतामा विराटनगरमा संचालन भएको कार्यक्रममा ७५ जनाको सहभागिता रहेको थियो ।

बीमा जागरण राष्ट्रिय अभियान जिल्ला कमिटिका संयोजक खडक नारायण उडाउले संचालन गरेको कार्यक्रममा जागरण अभियानका केन्द्रिय सदस्य सरोज पौडेलले कार्यक्रमको महत्व बारेमा प्रकाश पारे ।

कम्पनीका बरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमला र उपक्षेत्रिय प्रमुख हिरा निरौलाले सहभागि युवाहरुलाई प्रशिक्षण दिएका थिए। कार्यक्रम पछि एजेन्सी मेनेजर खडक नारायण उडाउको संयोजकत्वमा २१ सदस्यिय बीमा जागरण राष्ट्रिय अभियान जिल्ला कमिटि गठन गरियो ।

त्यसै गरी आजै धनगढीको सुदुरपश्चिमाञ्चल एकेडेमीमा पनि ‘युवा संग–महालक्ष्मी लाईफ’ बीमा जागरण कार्यक्रम सम्पन्न भएको छ । कलेजका सहायक क्याम्पस प्रमुख उत्तम सिंह भण्डारीको अध्यक्षतामा संचालन भएको कार्यक्रममा कम्पनीका क्षेत्रिय प्रमुख हर्क बहादुर बोहराले बीमा जागरणको महत्व बारेमा प्रकाश पारे ।

कार्यक्रममा ८० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । सहभागिहरुलाई कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत कमल
पन्थीले प्रशिक्षण दिएका हुन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा