३० आश्विन २०७८, शनिबार
राजनीति

कांग्रेस कालीकोट जिल्ला सभापतिमा अम्बबहादुर शाही चयन

प्रकाशित मिति :  १८ आश्विन २०७८, सोमबार ०७:१५


 १८ असोज, सुर्खेत । नेपाली कांग्रेस कालीकोट जिल्ला सभापतिमा अम्बबहादुर शाही चयन भएका छन् । सातौँ जिल्ला अधिवेशनबाट उपसभापतिमा मीनबहादुर बोगटी र नन्दबहादुर शाही ुघमनु तथा सचिवमा नगेन्द्र विष्ट र मात्रिका सिंह चयन भएका हुन् ।

अन्य पदाधिकारी र महासमिति सदस्य पनि सहमतिमा चयन गर्ने प्रयास भइरहेको कांग्रेस कालीकोटका सचिव नगेन्द्र विष्टले बताए ।

सभापति शाही कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन भने उपसभापति बोगटी प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा पक्षका हुन् । अर्का उपसभापति शाही पौडेल पक्षका हुन् । सचिव विष्ट पौडेल पक्षका हुन् भने सिंह देउवा पक्षका हुन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा