३० आश्विन २०७८, शनिबार

एनआईसी एशिया लघुवित्तद्वारा ५.४१ प्रतिशत लाभांश घोषणा

प्रकाशित मिति :  १९ आश्विन २०७८, मंगलवार ११:०४


१९ असोज, काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ५ दशमलव ४१ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको असोज १८ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजारको आधारमा करसमेत उक्त अनुपातमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा