३० आश्विन २०७८, शनिबार

कामना सेवामा अनलाईनबाट डिम्याट खाता खोल्न सकिने

प्रकाशित मिति :  २० आश्विन २०७८, बुधबार १२:२०


२० असोज, काठमाडौं । कामना सेवा विकास बैंकले अनलाईनबाट डिम्याट सुविधा सञ्चालनमा ल्याएको छ । बैंकमा बचत खाता भएका ग्राहकले घरमै बसी सहज रुपमा बैंकको अनलाईन मार्फतनै डिम्याट खाता तथा मेरो शेयर खोल्नु सक्ने भएका छन् ।

अनलाईन मार्फत खाताको लागि आवेदन दिएको केहि समयमै डिम्याट खाता खोलिने व्यवस्था बैंकले गरेको छ । साथै बैंकमा खाता नभएका ग्राहकले अनलाईनबाटै उच्चतम ब्याजदर सहितको बैंकको नयाँ “शुभलाभ लगानी बचत खाता” खोली यो सुविधा उपभोग गर्न सक्ने छन् । ग्राहकले पहिलो वर्ष निस् शुल्क मोबाईल तथा ईन्टरनेट बैकिङ, तथा लकर सुविधा प्राप्त गर्न सक्नेछन् । बैंकको १२९ शाखा तथा एक विस्तारीत शाखाबाट डिम्याट खाता सम्बन्धी सुविधाहरु सजिलै प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

काठमाडौं–३०, ज्ञानेश्वरमा केन्द्रिय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । यस बैंकले Social Media Banking, KS iMobile, जस्ता विभिन्न Digital माध्यमहरुबाट समेत ग्राहक महानुभावहरुलाई सरल, सहज र उत्कृष्ट बैकिङ् सेवा प्रदान गर्दै आएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा