चाडपर्वलाई लक्षित गरी अनुगमनलाई तीव्रता
नेपालबहस संवाददाता
असोज २०, २०७८ बुधबार २०:२६:२
२० असोज, वीरगञ्ज । आउँदै गरेका बडादशैं, तिहार छठलगायत चाडपर्वलाई लक्षित गरी वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागअन्तर्गतका कार्यालयले पसल अनुगमनलाई तीव्रता दिएको छ ।
विभागअन्तर्गत वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले आवश्यकताका आधारमा कार्य क्षेत्रभित्र पर्ने विभिन्न जिल्लाका विभिन्न खाद्यन्न पसलमा अनुगमनलाई तीव्रता दिएको जनाएको छ । प्रदेश नं २ का आठ जिल्लासहित मकवानपुर र चितवन सो कार्यालयको कार्यक्षेत्र रहेको बताइएको छ ।
पछिल्लो पटक चाडबाड लक्षित गरी पर्सा, बारा र चितवन जिल्लामा अनुगमनलाई थप तीव्रता दिएको कार्यालयका प्रमुख जीतबहादुर भण्डारीले जानकारी दिए । अनुगमनका क्रममा अधिकांश पसलेले खरिदबिक्री देखाउन नसक्ने, अन्य कागजपत्र देखाउन नसक्ने, मूल्यसूची सार्वजनीक नगरी बढी मूल्यमा सामग्री बिक्री गर्ने र म्याद गिज्रिएको सामग्री बिक्री गर्ने गरेको पाइएको छ ।
उक्त पसलेलाई नियमानुुसार कारवाही गरिँदै आएको कार्यालयले जनाएको छ । चाडबाडको बेला वीरगञ्ज बजारमा म्याद गुज्रिएका सामग्री नयाँ स्टिकर लगाएर बिक्री गर्ने गरेको पाइएको बताइएको छ । कोरोना महामारीका कारण लामो समयसम्म ब्यापार नभएका व्यापारी चाडबाडको मौकामा म्याद गुज्रिएका खाद्यान्न सामग्री बिक्री गर्ने गरेको र त्यस्ता पसललाई आवश्यक कानुनी कारवाही गर्दै आएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार अनुगमनका क्रममा खाद्यान्न पसलमा म्याद नाघेका बिस्कुट, चकलेट, बनभिटा, चिउरा, भुजियालगायतका खाद्य वस्तु र पेयपदार्थमा रिएलजुस कोकोकोला फ्यान्टा, बोटलको पानीलगायतका म्याद नाघेका सामग्री फेला परेको थियो ।
उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम खाद्य सामग्रीमा उत्पादन मिति नराखेको, लेबलिङ नगरेको, म्याद नाघेको खाद्य वस्तु बिक्री गर्ने, बिल बिजक नराखेको, व्यापारिक फर्म दर्ता नगरी व्यापार व्यवसाय गरेको पाइएमा तत्काल रु पाँच हजारदेखि रु तीन लाख जरिवाना गर्नसक्ने व्यवस्था छ भने तीन महिनादेखि एक वर्षसम्म कैद जरिवाना हुने व्यवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमालेभन्दा पहिला माओवादीले छाड्यो मधेश सरकार
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
बैशाख ३१, २०८१ सोमबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
ललितपुरको नख्खु दोबाटोमा सवारी दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३१, २०८१ सोमबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
अफगानिस्तानमा चालीस हजार बालबालिका घरबारविहीन
जेठ १, २०८१ मंगलबार
जीबी राईको पासपोर्ट रद्द गर्न राहदानी विभागलाई प्रहरीको पत्र
जेठ १, २०८१ मंगलबार
स्ट्रिप च्याट मार्फत अश्लिल यौनजन्य क्रियाकलापमा संलग्न गराउने महिला पक्राउ
जेठ १, २०८१ मंगलबार
सलमान खानको घर फायरिङ काण्डः हरियाणाबाट छैटौं आरोपी पक्राउ
जेठ १, २०८१ मंगलबार
इतिहासकार एवं प्राज्ञ ज्ञानमणि नेपालको निधन
जेठ १, २०८१ मंगलबार