३० आश्विन २०७८, शनिबार

ईपीएलको फाइनलका लागि पोखरा र भैरहवा आमुनेसामुने हुँदै

प्रकाशित मिति :  २१ आश्विन २०७८, बिहीबार ०८:३१


२१ असोज, काठमाडौं । इलिमिनेटर तर्फबाट एभरेष्ट प्रिमियर लिग ‘ईपीएल’ टि-ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल पुग्न पोखरा राइनोज र भैरहवा आमुनेसामुने हुँदैछन् ।

बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा फाइनल प्रवेशका लागि पोखरा र भैरहवा भिड्न लागेका हुन् । बुधबार भएको खेलमा पोखरालाई पराजित गर्दै चितवन टाईगर्स पहिलो पटक फाइनलमा स्थान बनाइसकेको छ ।

यसअघि पोखरा पहिलो क्वालिफायरमा चितवनसँग ९ विकेटले पराजित भएको थियो । दोस्रो क्वालिफायरमा भैरहवाले काठमाडौं किग्स-११ लाई १६ रनले पराजित गर्दै लगातार चौथो पटक फाइनल नजिक छ । फाइनल शनिबार हुने छ । विजेताले ५० लाख र उपविजेताले १५ लाख प्राप्त गर्नेछन्


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा