३० आश्विन २०७८, शनिबार

सात वाणिज्य बैंकको लाभांश घोषणाः हिमालयन बैंकको उच्च २६ प्रतिशत, अन्य कुनको कति ?

प्रकाशित मिति :  २१ आश्विन २०७८, बिहीबार १४:३८


२१ असोज, काठमाडौं । नेप्सेमा सूचीकृत बैंक वित्त कम्पनीले धमाधम लाभांश घोषणा गर्न थालेका छन्। आर्थिक वर्ष सकिएसँगै गत वर्षको कमाइबाट कम्पनीहरुले शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा शुरु गरेका हुन्।

हाल सात वाणिज्य, दुई विकास बैंक र १५ लघुवित्तले अधिल्लो वर्षको कमाईबाट शेयरधनीलाई लाभांश घोषणा छन् ।

सात वाणिज्य बैंकहरुमध्येमा सबैभन्दा बढि हिमालयन बैंकले २६ प्रतिशत लाभांश घोषणा गरेको छ । त्यस्तै, कुमारी बैंकले सबैभन्दा कम ८ दशमलव ६७ प्रतिशत लाभांश घोषणा गरेको छ ।

हिमालयन बैंकले २१ दशमलव ३६ प्रतिशत बोनश शेयर र ४ दशमलव ६४ प्रतिशत नगद लाभांश गरी कुल २६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक १० प्रतिशत बोनस र ३ दशमलव ०६ प्रतिशत नगद (करसहित) गरी कूल १३ दशमलव ०६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

नेपाल इन्भेष्टमेन्ट बैंकले १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। जसमध्ये बैंकले ११.२४ प्रतिशत बोनस शेयर र बोनस शेयर तथा नगद लाभांशको कर प्रयोजनको लागि समेत गरी ४.७६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

कुमारी बैंकले गत आर्थिक वर्षको मुनाफाबाट ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित दुई दशमलव ६७ प्रतिशत नगद लाभांश गरी कुल ८ दशमलव ६७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

माछापुच्छ्रे बैंकले लाभांश घोषणा गरेको छ। बैंकको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाइ चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

सानिमा बैंकले कुल १७.८९४७ प्रतिशत लाभांश घोषणा गरेको छ ।उक्त लाभांशमध्ये बोनस शेयरमा लाग्ने कर समेत गरी नगद लाभांश ०.८९४७ प्रतिशत र बोनस शेयर १७ प्रतिशत दिने भएको छ ।

सिटिजन्स बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १२.९१३ प्रतिशत बोनस शेयर र ३.०८९ प्रतिशत नगद गरी १६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

यी पाँच वटै वाणिज्य बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।

हेरौं कुन वाणिज्य बैंकले कति दिदैछन् लाभांश

 


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा