३० आश्विन २०७८, शनिबार

उत्पादनमा जोड दिनुहोस् बजारीकरण नगरले गर्छः नगर प्रमुख खाँण

प्रकाशित मिति :  २१ आश्विन २०७८, बिहीबार १५:५९


तोलाकान्त बगाले

वालिङ, २१ असोज । वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बस्तु उत्पादनमा जोड दिन आग्रह गरेका छन् । उत्पादित बस्तुको बजारीकरणका लागि नगरपालिकाले पहल गर्ने नगर प्रमुख खाँडले बताएका हुन् ।

वालिङ नगरपालिका, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको आर्थिक सहयोग तथा दियालो संस्थाको ब्यवस्थापनमा सञ्चालित कुमाल समुदायका महिलाहरुका लागि लक्षित कोभिड १९ उद्दार र सामाजिक आर्थिक प्रतिकार्य पहल परियोजना ब्यवसायिक सिलाई कटाई तालीमको उद्घाटन कार्यक्रमा नगर प्रमुख खाँडले सो जानकारी दिएका हुन् ।

उनका अनुुसार विशेष गरेर महिला दिदीबहिनीहरुलाई सीप मूलक तालिमको आवश्यकता छ । सिकेको सीपलाई ब्यवसायिक बनाई आर्थिक लाभ लिन समेत खाँडले सुझाव दिएका हुन् ।

“तपाईहरुले सीप सिकेपश्चात सिकेको सीपलाई भरपूर प्रयोग गरी ब्यवसाय थाल्नुहोस् र उत्पादनमा जोड दिनुहोस्” प्रमुख खाँणले भने, “उत्पादित बस्तुको बजारीकरणका लागि आवश्यक पहल नगरले लिन्छ ।”

वालिङ नगरपालिकाका १४ वटै वडामा उत्पादित पहिचानका सामग्रीहरुको प्रदर्शन र बिक्री वितरणका लागि नगरपालिकाले कोसेली घर निर्माण गरेको प्रमुख खाँणले बताए ।

सीप सिकेपछि ब्यवसाय सञ्चालनका लागि रकमको अभाव भएमा नगरपालिकाले बिना धितो बीउ पूँजी उपलब्ध गराउनुकासाथै बैंकहरुसँग नगरपालिका जमानी बसेर सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउने प्रमुख खाँणले बताए ।

कार्यक्रममा दियालो संस्थाका अध्यक्ष कविता गैह्रेले कुमाल समुदायका महिलाहरुको मागका आधारमा सिलाई कटाई तालीम सञ्चालन गरिएको बताए । उनले आगामी दिनमा पनि थप कार्यक्रम तथा तालीमहरु सञ्चालन गर्ने बताए ।

उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य धनबहादुर कुमाल, कुमाल समाज वालिङका अध्यक्ष लोकबहादुर कुमाल, कुमाल समाज नेपालका केन्द्रीय सदस्य अमृता कुमाल, दियालो संस्थाका सीता गैह्रे लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

दियालो संस्थाका विष्णु गैह«ेको स्वागतसँगै शुरु भएको उद्घाटन कार्यक्रम संस्थाका अध्यक्ष कविता गैह«ेको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन दियालो युनएनडिपी परियोजनाका प्रमुख राधाकृष्ण डुम्रेले गरेका थिए ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा