३० आश्विन २०७८, शनिबार

शेयर बजारमा दोहोरो अंकको गिरावट

प्रकाशित मिति :  २४ आश्विन २०७८, आईतवार १५:५४


२४ असोज, काडमाडौं । आइतबार नेप्से १८ दशमलव ५३ अंकले घटेर दुई हजार ६ सय ६२ दशमलव ५८ विन्दुमा रोकिएको हो छ । आज नेप्सेमा २२० कम्पनीको ७२ लाख ५१ हजार ७४४ कित्ता शेयर किनबेच हुँदा कुल चार अर्ब ४९ करोड ८० लाख बराबरको कारोबार भएको छ ।

सबैभन्दा बढी महिला लघुवित्त कम्पनीको कारोबार भएको छ । कम्पनीको १८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ । आज फाइनान्स, जीवन बिमा र म्युचल फन्डको समूहको सूचक शून्य प्रतिशतभन्दा थोरैले मात्रै उकालो लागेको छ भने बाँकी सबै समूह शून्यदेखि एक प्रतिशतको हाराहारीले ओरालो लागेर राताम्मे भएका छन् ।

नेप्सेका अनुसार आज चार कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । सर्वाधिक शेयर मूल्य बढ्ने कम्पनीमा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, मैलुङ खोला जलविद्युत कम्पनी, जीवन विकास लघुवित्त र महिला लघुवित्त कम्पनी छन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा