३० आश्विन २०७८, शनिबार

नबिल बैंकको ‘नयाँ लुगा’ सार्वजनिक

प्रकाशित मिति :  २४ आश्विन २०७८, आईतवार १८:०१


२४ असोज, काठमाडौं । नबिल बैंक लिमिटेडले नयाँ लुगा नामक दशैं भीडियो सार्वजनिक गरेको छ । बैंकले गत वर्ष पनि दशैं भिडियो सार्वजनिक गरेको थियो । सोही अनुरुप यस वर्ष पनि बैंकले औषत नेपालीको कथा समेटिएको भिडियो सार्वजनिक गरेको बैंकको संचार शाखाले जनाएको छ ।

“नयाँ लुगा” नामक भिडियो नेपालीहरुको महान चाड दशैं मनाउन शहरमा बसोबास गर्ने र दशैं मनाउन गाँउ फर्कने कथामा आधारित छ, यो कथा आम नेपालीहरुको आत्मकथा भएको दावी बैंकले गरेको छ ।

भिडियोमा एक जना बाबु शहरमा जागिर गर्दछन् । उनलाई घरबाट छोरीको फोन आउँछ । दशैंमा नयाँ कपडा ल्याइदिनु भनेर छोरीले भन्छिन् । उनी छोरी एवं श्रीमतीको खुशीका निम्ती दशैं किनमेल गरेर गाँउ फर्किन्छन् । फर्किदा, बाटो बिग्रेर जाममा पर्दछ तर परिवारको माया अनी खुशीको लागि उनी रात भरी हिंडेर गाउ पुग्दछन् । यो कथालाई भिडियोमा निकै मार्मिक ढंगले प्रस्तुत गरिएको छ ।

घर पुग्दा छोरी, आमा अनी छोरीको साथी समेत सबै जना खुशी भई दशैं मनाउने तयारी गर्दछन । सो भिडियोमा दशैं मनाइ रहँदा अब जागिर खान शहर जाने होइन, गाँउमा नै केही गर्नु पर्दछ भन्ने सन्देश पनि दिइएको छ ।

यसैगरी दशैंको यस भिडियोले सकभर दशैंमा आफ्नो परिवारसँग भेटि सुरक्षित साथ खुशी साटासाट गरौँ भन्ने सन्देश सरल ढंगले दिएको छ, जसले पहिले जस्तै सबैको मन जित्नेछ भन्ने अपेक्षा बैंकले लिएको छ ।

भिडियो हेर्न लिंकहरुमा जानुहोस्ः

फेसबूक 
इन्स्टाग्राम


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा