१६ मंसिर २०७८, बिहीबार

हामी ड्युटीमा हुन्छौँ, ढुक्कले दशैं मनाउनुहोस् : प्रहरी महानिरीक्षक क्षेत्री

प्रकाशित मिति :  २६ आश्विन २०७८, मंगलवार १२:३७


२८ असोज, काठमाडौं । चाडपर्वमा सबै रमाइरहँदा प्रहरी भने चनाखो हुन्छ । फेस्टी मुडमा हुनसक्ने दुर्घटना, अपराध, विकृति रोक्न सुरक्षाकर्मी खटिन्छन् । विदा र घरपरिवार भन्ने हुँदैन । प्रहरी कार्यालय नै घर र सहकर्मी नै परिवारजस्तो हुन्छ ।

कुनै अप्रिय घटना र चिन्ताबिना ढुक्कसँग नागरिकले चाडपर्व मनाउन पाए भने प्रहरीलाई खुसी मिल्छ । घरमा टीका लाउन नपाएको खल्लोपना हराउँछ । फौजको नियमै हो प्रतिकूल र अफ्ठेरो परिस्थितिमा सेवा गर्नु । तर पनि मानवीय स्वभावले चाडपर्वमा घर जान नपाउँदा, विदा नपाउँदा मन खल्लो भइहाल्छ ।

यसलाई हटाउन प्रहरी कार्यालयमै पनि दशैं मनाउने गरिन्छ ड्युटीलाई असर नपर्नेगरी । यसपालि पनि दशैंमा यसरी नै मनाउने तयारी प्रहरीको छ । न्युज कारखानाले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीसँग फौजी दसैंबारे कुराकानी गरेको छ ।

शैलेश थापा क्षेत्री ‘प्रहरी महानिरीक्षक-आईजीपी’

मेरो त्यस्तो विशेष योजना केही छैन । पुलिसको अफ ड्युटी हुँदैन । मातहतसँग अल द टाइम जोडिनुपर्छ । त्यसकारण व्यक्तिगत दशैं हुँदैन । विदाको दिन पनि जागिर खाने हो । मेरो घर उपत्यकामै भएकाले एकछिन समय निकालेर आम नागरिकजस्तै टीका लगाउँछु ।

बुवाआमा हुनुहुन्छ । उहाँहरुबाटै टिका लगाउँछु । पारिवारिक घुमघाम र अध्ययनका लागि मैले फुर्सद नै पाउँदिन । फोन उठाउन त भ्याउँदिन । देशभरीको सुरक्षाको कुरा हुन्छ । यसमै केन्द्रीत हुने हो । ब्यारेकभित्र आ-आफ्नो युनिटले, आ(आफ्नो शैलीमा शान्ति सुरक्षाको बहाली राख्दै एकप्रकारको परम्परागत अभ्यासमा मनाउने हुन्छ । सेक्युरिटीलाई कम्प्रमाइज गरेर दसैं मान्ने पुलिसको हुँदैन ।

सुरक्षामै कन्सर्न हुने, दशैँमा ठूला घटना नघटुन भन्ने नै फस्ट प्राइरियोटी हो । आम पब्लिकले ढुक्कसँग मनाउन पाउने वातावरण बनाउन सकियो भने मेरो लागि, सिंगो संगठनका लागि दसैं त्यहीँ हो ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा