वालिङमा १६ करोड बढी सामाजिक सुरक्षा भत्ता वितरण
नेपालबहस संवाददाता
असोज ३०, २०७८ आइतबार २:२३:४८
३० असोज, वालिङ । स्याङ्जाको वालिङ नगरपालिकाले गत आर्थिक वर्ष २०७७/०७८ मा रु १६ करोड बढी सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । नगरपालिकाले ज्येष्ठ नागरिक, दलित, आर्थिकरुपले विपन्न, एकल एवम् विधवा महिला, असाहय, अपाङ्गता भएका ब्यक्तिका लागि बैंकमार्फत रु १६ करोड ३१ लाख २१ हजार सामाजिक सुरक्षा भत्ता वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले जानकारी दिनुभयो । नगरपालिकाले वडागतरुपमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ब्यक्तिको सूची तयार गरेर विभिन्न बैंक तथा वित्तीय संस्थासँग सम्झौता गरी छ हजार ६२८ जनालाई भत्ता वितरण गरेको भट्टराईले जानकारी दिए ।
नगरपालिकाका १४ वडामा ७० वर्षभन्दामाथिका तीन हजार २८६, ज्येष्ठ नागरिक, दलित ४७८, ज्येष्ठ नागरिक एकल महिला ८००, असहाय÷विधवा ८७२, अपाङ्ग भत्ता क वर्ग १४३, ख बर्ग २६६ र दलित बालबालिका ७८३ गरी कूल छ हजार ६२८ जनालाई तीन चौमासिकमा बैंकमार्फत रकम हस्तान्तरण गरिएको हो ।
प्रथम चौमासिकमा रु चार करोड ७४ लाख ६५ हजार २८२, दोस्रो चौमासिकमा रु पाँच करोड ६० लाख १५ हजार १९८ र तेस्रो तथा अन्तिम चौमासिकमा पाँच करोड ९६ लाख ४० हजार ५२० गरी कूल रु १६ करोड ३१ लाख २१ हजार भत्ता वितरण गरिएको लेखा अधिकृत ज्ञानप्रसाद अर्यालले जानकारी दिए ।
नगरपालिकामा सबैभन्दा धेरै भत्ता बुझ्नेको सङ्ख्या ७० वर्षमाथिका तीन हजार २८६ जना ज्येष्ठ नागरिक रहेका छन् । वालिङ नगरपालिकामा गत आव २०७६/०७७ मा रु सत्र करोड २१ लाख ४४ हजार ४०० रकम भत्तास्वरुप वितरण गरिएको सहायक लेखापाल ईश्वरीप्रसाद तिवारीले बताए ।
ज्येष्ठ नागरिक, दलित, आर्थिकरुपले विपन्न, अशक्त र असहाय अवस्थाका व्यक्ति, एकल महिला, क र ख वर्गका अपाङ्गता भएका व्यक्तिका लागि नगरपालिकाले बैंकमार्फत रु सत्र करोड २१ लाख ४४ हजार ४०० वितरण गरेको हो । नगरपालिकाले प्रथम, दोस्रो र तेस्रो चौमासिकमा भत्ता वितरण गर्दै आएको छ । आव २०७६/०७७ को पहिलो चौमासिकमा रु पाँच करोड ७१ लाख ८३ हजार, दोस्रोमा रु पाँच करोड ७२ लाख दुई हजार र तेस्रो तथा अन्तिम चौमासिकमा रु पाँच करोड ७७ लाख ५८ हजार वितरण गरिएको सहायक लेखापाल तिवारीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवालिङमा छोरी जन्माउनेलाई निःशुल्क स्वास्थ्य बीमा
बैशाख १४, २०८१ शुक्रबार
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
बैशाख १३, २०८१ बिहिबार
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा संकलन सुरु
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्तीकरणीमा मुद्धा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार