किसानका पीडा : अब के खुवाएर परिवार पाल्ने ? आफूले के खाने ?
नेपालबहस संवाददाता
कात्तिक ४, २०७८ बिहिबार १८:१०:१९
झलनाथ खनाल
३ कार्तिक, भजनी । जानकी गाउँपालिका–८ का लालवीरे कामीले दशैंको पछिल्लो दिन आठ कामदार लगाएर दुई बिघामा लगाएको धान कटाए । प्रतिव्यक्ति रु ५०० का दरले उनले ज्याला व्यापत रु चार हजार तिर्नुप¥यो । उनले धान कटाए पनि भित्र्याउन भने पाएनन ।
“गत वर्षको भन्दा धान राम्रो थियो । यस वर्ष उत्पादन राम्रो हुन्छ भन्ने अपेक्षा थियो”, उनले भने, “खेतमा लगाएको एक दाना धान पनि भित्र्याउन पाइएन । सबै बाढीले बगायो । अब के खुवाएर परिवार पाल्ने ? आफूले के खाने ? ” टीकापुर नगरपालिका–३ शङ्करपुरका लक्ष्मण बस्यालले आकाशको पानी पर्दा थोरै भए पनि आशा जीवित रहेको जनाउँदै जमरा कुलोको बाढी खेतमा पसेपछि धानको एक मुठ्ठा पनि खेतमा नबचेको बताए ।
उनले जमरा कुलोमा लगाइएको बाँधका कारण पनि शङ्करपुर क्षेत्र बढी डुबानमा परेको जनाउँदै सम्झँदा आँखा रसाउने गरेको गुनासो गर्छन । “वर्षभरि खाने धान पूरै बगाएर लगिसक्यो अब हामीले के खाने ? किनेर खानसक्ने क्षमता छैन । हामी दिनभरि मजदुरी गरेर खाने मान्छे त्यसमाथिको अहिलेको महङ्गाइमा”, उनले भने, “खेत रोप्दा लागेको ऋण पनि तिर्न सकेको छैन । कसरी ऋण तिर्ने कसरी परिवार पाल्ने ? अहिलेको समयले निकै चुनौती दिएर गएको छ ।”
टीकापुरकै आशिष जनालाले पनि दशैंंको पछिल्लो दिन तीन बिघा क्षेत्रफलको धान कामदार लगाएरै काटे । परिवारसँग दशैंको बेला रमाइलो गरेको उनका लागि अर्को दिनसम्म टिकेन । कोरोनाका कारण भारतमा मजदुरी गरेर परिवार पाल्ने उनी आफ्नै गाउँमा केही गर्नुपर्छ भनेर गाउँ फर्किएको बताउछन । उनले आफ्नो र आफ्ना अन्य परिवारको सबै जग्गामा खेती सुरु गरेको पहिलो वर्षमै समयले निकै ठूलो चुनौती दिएर गएको छ । “कोरोनाले परदेशबाट लखेट्यो । स्वदेशमा बदलिँदो मौसमले लखेट्दै छ”, उनले भने, “अब कता जाने ? कतै ठाउँ नै छैन । लागेको ऋण र परिवारलाई कसरी पाल्ने ? निकै अप्ठ्यारो मोडमा पुगिएको छ ।”
कर्णाली नदीले कटान गरेर बाढी गाउँमा पस्दा नगरपालिकाको सूर्यपुर, वसन्ता, बटनपुर, फाँटा, सत्ती, कर्मीडाँडा, सिमरेनी, अरुणाफाँटालगायतका गाउँमा बढी असर पारेको छ । सो क्षेत्रमा बढी मात्रामा खेती हुने गर्छ । केही वर्ष पहिले बाढीले निकै प्रभावित हुने सो क्षेत्रमा सात वर्षयता बाढी देख्नुपरेको थिएन । आकाशको पानी पर्दासम्म पराल नभए पनि धान बचाउन सकिन्छ कि भन्ने आशा किसानमा थियो । तर त्यो आशा पूर्णरूपमा निराशामा परिणत भयो । कर्णालीको उर्लँदो भेल खेतमा पसेपछि आफूहरु मुकदर्शक बन्नुबाहेक केही नभएको किसान सीताराम चौधरी बताउछन ।
“हामीले चाहेर रोक्न पनि नसकिने । पानीमा तैरिरहेको धानलाई सङ्कलन गर्न पनि नसकिने”, उनले भने, “एकाएक बाढी खेतमा पसेपछि पानीमा तैरेको धान कर्णालीमै मिसियो । अब चिन्ता बढ्न थालेको छ । के खाने ? परिवारलाई के खुवाउने र पशु चौपायालाई के खुवाएर पाल्ने ?”
जग्गा भाडामा लिएर कुखुरा फार्म सञ्चालन गर्दै आएका लक्ष्मीप्रसाद अधिकारीको फार्ममा रहेका करिब ५०० कुखुरा बाढीले बगायो । आफ्नै देशमा केही गर्नुपर्छ भनेर लागेका उनको सपना बाढीले पूरा हुन दिएन । “सँगैका साथीहरु विदेश जानुपर्छ भनेर सधैँ कर गर्थे । मैले आफ्नै देशमा केही गर्नुपर्छ भनेर सम्झाए पनि सबै साथीहरु विदेशमा राम्रो कमाउँदैछन् । आफूले ऋण जोहो गरेर जग्गा भाडामा लिएर फार्म सञ्चालन गरेँ त्यो पनि बाढीले बगायो”, उनले भने, “अब आफ्नो लगानी त टाढाको कुरा भयो जग्गा भाडा पनि कताबाट तिर्ने भन्ने चिन्ता छ ।”
टीकापुर र जानकी मात्रै हजारौँ बिघा क्षेत्रफलमा लगाइएको धानबाली पूर्णरूपमा नष्ट भएको छ । बाढी कटानले हुलाकी राजमार्गअन्तर्गत सत्ती नजिक झण्डै २०० मिटर बढी हुलाकी सडक कटान गरेको छ भने मोहना नदीमा निर्माण गरिएको तटबन्धसमेत भत्काएको छ । कर्णालीले पनि ठाउँठाउँमा तटबन्ध भत्काएर बाढी बस्तीमा पसेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजधानीको सुन्दरता बढाउने फूल ज्याकारान्डा ( फोटोफिचर )
बैशाख १४, २०८१ शुक्रबार
सिसै सिसाको प्रतिक्षालय हेर्दा निकै सुन्दर ( फोटो फिचर )
बैशाख १४, २०८१ शुक्रबार
भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि !
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
चुनाव जित्नेमा विश्वस्त छु : सुहाङ नेम्वाङ
बैशाख १५, २०८१ शनिबार
इलाम उपनिर्वाचन : कांग्रेस उम्मेदवार खड्काले गरे मतदान
बैशाख १५, २०८१ शनिबार
नयाँ आविष्कार- अब इलेक्ट्रोनिक ग्याजेट हथौडाले हने पनि नफुट्ने
बैशाख १५, २०८१ शनिबार
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित
बैशाख १५, २०८१ शनिबार
बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै
बैशाख १५, २०८१ शनिबार
भारतको सहयोगमा चितवनमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण
बैशाख १५, २०८१ शनिबार