विद्यालय बगरमा परिणत हुँदा पठनपाठन प्रभावित
नेपालबहस संवाददाता
कात्तिक ५, २०७८ शुक्रबार २१:२६:४७
दिलमाया शाही
५ कात्तिक, जुम्ला । लगातारको वर्षाले तातोपानी गाउँपालिका–४, हाँकुमा अवस्थित नेत्रज्योती माध्यमिक विद्यालय बगरमा परिणत भएको छ । विद्यालयका केही भवन बगाएर लगेको छ भने बन्दै गरेका भवन भत्काएको छ ।
वर्षाका कारण विद्यालय बगर बनेपछि पठनपाठन प्रभावित भएको विद्यालयका प्रधानाध्यापक जज्वल्याराज न्यौपानेले बताए । अविरल वर्षासँगै आएको बाढीले पूर्ण रूपमा क्षति पुगेको छ ।
‘लगातारको वर्षाले बिद्यालयको पश्चिमतिरको भवनमा स्टोर गरी राखिएका डेस्क, फर्निचर, भवन निमार्णका लागी ल्याएका औजार, जस्तापाता, राष्टीय झण्डा राख्ने मञ्च, घेरबार र शौचालय गरी करिब एक करोड ६६ लाख ३५ हजार बराबरको क्षति भएको अनुमान गरिएको छ’, प्रधानाध्यापक न्यौपानेले भने ।
नमुना विद्यालयको रूपमा रहेको नेत्रज्योती मावि हाँकुमा कक्षा १ देखि कक्षा १२ सम्म अध्यापन हुदै आएको छ । ६५५ जना विद्यार्थी अध्ययनत रहेका प्रधानाध्यापक न्यौपानेले बताए । उनले विद्यालयको पुनर्निर्माणका लागि सरोकारवालासँग आग्रह गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्यार्थी घट्दै गएपछि विद्यालय समायोजन गर्दै पालिका
बैशाख १३, २०८१ बिहिबार
नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा
बैशाख १३, २०८१ बिहिबार
शिक्षकमाथि कारवाही गर्न मन्त्रालयले माग्यो निर्वाचन आयोगसँग दलको विवरण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
नेपाली सेनामा खुल्यो जागिर, ३१९ जनाको दरखास्त आह्वान
बैशाख १४, २०८१ शुक्रबार
मुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट पुल राखिने
बैशाख १४, २०८१ शुक्रबार
महोत्तरीका अग्निपीडितलाई राहत सामग्री जुटाइँदै
बैशाख १४, २०८१ शुक्रबार
उदयपुरको रौतामा आगलागी हुँदा ५० लाख बराबरको क्षति
बैशाख १४, २०८१ शुक्रबार
चेपाङ आवास कार्यक्रमः इच्छाकामनाका २२ घर निर्माण
बैशाख १४, २०८१ शुक्रबार
भोजपुरको दुर्गम भेगमा निःशुल्क उपचार
बैशाख १४, २०८१ शुक्रबार