फाइजर खोप ५ देखि ११ वर्षसम्मका बालबालिका लगाइने
नेपालबहस संवाददाता
कात्तिक ६, २०७८ शनिबार १६:१६:०
६ कार्तिक, काठमाडौं । अमेरिकाको फाइजर–बायोएनटेक कम्पनीद्वारा उत्पादित कोभिड–१९ विरुद्धको फाइजर खोप ५ देखि ११ वर्षसम्मका बालबालिकालाई समेत लगाइने भएको छ। हालै सम्पन्न परीक्षण अनुसार उक्त उमेर समूहका बालबालिकामा यो खोप ९० दशमलव ७ प्रतिशत प्रभावकारी देखिएको पुष्टि भएको छ।
उक्त कम्पनीले शुक्रबार ‘क्लिनिकल ट्रायल’को रिपोर्ट सार्वजनिक गर्दै यो खोप ५ देखि ११ वर्षसम्म उमेर समूहका बालबालिकामा समेत प्रभावकारी देखिएको जानकारी गराएको हो ।
‘ट्रायलमा संलग्नमध्ये १६ जना बालबालिकामा गरिएको अध्ययन अनुसार प्लेसेबो ‘ट्रायल ड्रग’ सेवन गरेका १३ जना बालबालिकामा कोभिड–१९ संक्रमण देखियो भने फाइजर भ्याक्सिन लगाएका ३ जना मात्र संक्रमित भए,’ फाइजरले ‘युएस फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन’लाई बुझाएको डकुमेन्टमा उल्लेख छ।
२ हजार २ सय ६८ जना सहभागी रहेको ट्रायलमा दुई गुणाभन्दा बढी बच्चाहरुलाई प्लेसबोभन्दा खोप दिइएको थियो, जसको प्रभावकारिता ९० प्रतिशतभन्दा राम्रो देखिएको थियो ।
फाइजरको क्लिनिकल ट्रायल भाइरसविरुद्ध प्रभावकारिता मापन गर्न डिजाइन गरिएको थिएन। यसको उद्देश्य परीक्षण पूरा गरिसकेका प्रौढहरुको तुलनामा खोप लगाएका बालबालिकाहरुमा ‘न्युट्रलाइज्ड एन्टीबडी’को मात्रा कस्तो छ भनी तुलना गर्नु रहेको कम्पनीले जानकारी दिएको छ ।
परीक्षणबाट प्राप्त नतिजाका आधारमा कोभिड–१९ भ्याक्सिनले बालबालिकामा बलियो प्रतिरोध क्षमता विकास गरेको फाइजर–बायोएनटेक कम्पनीले दाबी गरेको छ ।पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई १० माइक्रोग्राम मात्र भएको दुई डोज खोप दिइएको थियो। १२ वर्षभन्दा माथिका बालबालिकालाई भने यही मात्राको खोपको तेस्रो डोज पनि दिइएको थियो ।
अमेरिकाकै फाइजर–बायोएनटेक र मोडर्ना खोपका कारण युवाहरुमा ‘साइड इफेक्ट’का रुपमा मुटुमा समस्या ‘म्योकार्डिटिस’ नदेखिएको युएस फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले जनाएको छ । १६ वर्षमाथिका व्यक्तिलाई फाइजर खोप लगाउन एडमिनिस्ट्रेसनले पूर्ण अनुमति दिइसकेको छ भने कम्तीमा १२ वर्ष पुगेका व्यक्तिहरुलाई खोप लगाउनको लागि भने अनुगमनसहितको अनुमति दिएको छ।
अमेरिकामा १२ देखि १७ वर्षसम्म उमेर समूहका ११ मिलियन ‘१ करोड १० लाख’ बालबालिकाले फाइजर खोप लगाइसकेका छन् । एडमिनिस्ट्रेसनबाट अनुमति पाएपछि ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि सम्भवतः नोभेम्बरदेखि खोप दिइने फाइजर–बायोएनटेक कम्पनीले जनाएका छन् ।
फाइजर–बायोएनटेकले ११ वर्षमाथिका किशारकिशोरीका लागि यसअघि नै यो खोप ल्याइसकेको छ । नेपाल सरकारले पनि अमेरिकाबाट ११ वर्षभन्दा माथिका किशोरकिशोरीलाई लक्षित गरेर पहिलो खेपमा १ लाख डोज फाइजर खोप आउँदो सोमबार ल्याउन लागेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्तीकरणीमा मुद्धा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार