भारत र पाकिस्तान : हेड टु हेडमा को अघि ?
नेपालबहस संवाददाता
कात्तिक ७, २०७८ आइतबार १७:१४:३१
७ कार्तिक, काठमाडौं । यूएई र ओमानमा जारी टी-२० विश्वकप क्रिकेटमा आइतबार भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ। विश्वकपको सुपर १२ अन्तर्गत आज दुबई इन्टरनेसनल स्टेडियममा यी दुई टिम साँझ ७ः४५ बजे भिड्ने छन्।
समूह २ मा रहेका दक्षिण एसियाका दुई हस्ती पाकिस्तान र भारत आमनेसामने भइरहँदा कसले बाजी मार्लारु भनेर विभिन्न अड्कलबाजी भइरहेका छन्। भारत र पाकिस्तानबीचको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ। दुबै टीम एक(एकपटक च्याम्पियन बनिसकेका छन्।
राजनीतिक रूपमा पनि चर्चाको शिखरमा रहेका यी दुई देशबीचको खेल पनि चर्चामै रहने गर्दछ। भारत र पाकिस्तानबीचको क्रिकेट भिडन्तलाई एक अर्काको प्रतिष्ठासँग जोडेर समेत हेरिने गरिएको छ। क्रिकेटमा निकै बलिया दुई हस्तीबीचको खेलले पनि यसपालिको विश्वकप हेर्न लाएक रहनेछ। यी दुईबीचको खेल बिरलै देख्न सकिन्छ।
एक अर्को टिमविरुद्ध खेल नै अस्वीकार गर्ने यी टोली एउटै समूहमा परेपछि समूह चरणका खेलमै धमाका हेर्न पाइनेछ। दुई टीमबीच अन्तिम टी-२० खेल १९ मार्च २०१६ मा सम्पन्न भएको थियो। आईसीसी टी-२० विश्वकपको यो खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको थियो। भारत र पाकिस्तान टोली टी-२० विश्वकपमा पाँच पटकपटक आमने-सामने आएका छन्। यी सबैमा भारतले पाकिस्तानलाई हराइसकेको छ।
समग्र टी-२० को बारेमा कुरा गर्ने हो भने भारत र पाकिस्तानले आठपटक खेलिसकेका छन्। यसमा भारतले सात र पाकिस्तानले एकपटक जितेको छ। २००८ को मुम्बई आतंकवादी हमलापछि भारतले पाकिस्तानको भ्रमण गरेको छैन।
उही समयमा नियन्त्रणको रेखामा लगातार युद्धविराम उल्लंघन र फेब्रुअरी २०१९ मा पुलवामा हमलापछि यो सम्बन्ध झनै खराब भयो। २००७-०८ सिजन पछि यी दुई टोलीले टेस्ट शृंखलामा सामना गरेका छैनन्।
यद्यपि दुवै टोली आईसीसी टुर्नामेन्टमा एकअर्काविरुद्ध खेलेका छन्। भारत र पाकिस्तानले नौ वर्षदेखि कुनै द्विपक्षीय शृंखला खेलेका छैनन्। दुई टीमबीच अन्तिम टी-२० र वानडे शृंखला डिसेम्बर २०१२ मा भएको थियो।
टी-२० सीरिज १-१ ले बराबरी भयो भने वानडे शृंखला पाकिस्तानले २-१ ले जितेको थियो। २०१७ देखि भारतले पाकिस्तानविरुद्ध केवल पाँच वानडे खेल खेलेको छ। यी सबै खेलहरू आईसीसी टुर्नामेन्टको हिस्सा थिए। यसमा २०१७ मा च्याम्पियन्स ट्रफीमा दुई खेल, २०१८ मा एसिया कपमा दुई खेल र २०१९ विश्वकपमा एक खेल खेलिएको थियो।
टी-२० विश्वकपमा दुई टोलीबीचको भिडन्त
२००७ को टी-२० विश्वकप
१. समूह चरण : भारतले पाकिस्तानलाई हरायो
म्याच अफ दि म्याच : रोबिन उथप्पा
२.फाइनल : भारतले पाकिस्तानलाई पाँच रनले हरायो
म्याच अफ दि म्याच स् इरफान पठान
२०१२ को टी-२० विश्वकप
३. सुपर ८ : भारतले पाकिस्तानलाई ८ विकेटले हरायो
म्याच अफ दि म्याच : विराट कोहली
२०१४ को टी-२० विश्वकप
४. समूह चरण : भारतले पाकिस्तानलाई ७ विकेटले हरायो
म्याच अफ दि म्याच स् अमित मिश्रा
२०१६ को टी-२० विश्वकप
५. सुपर १० : भारतले पाकिस्तानलाई ६ विकेटले हरायो
म्याच अफ दि म्याच : विराट कोहली
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइपिएलमा आज गुजरात र कोलकोता भिड्दै
बैशाख ३१, २०८१ सोमबार
कोलकोता आइपिएलको प्लेअफमा
बैशाख ३०, २०८१ आइतबार
स्लो बलिङका कारण ऋषभलाई आइपिएलको एक खेलबाट निलम्बन
बैशाख २९, २०८१ शनिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
बैशाख ३१, २०८१ सोमबार
ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्री यादवको निर्णय
बैशाख ३१, २०८१ सोमबार
नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार
धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
बैशाख ३१, २०८१ सोमबार
पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार