बहुप्रतीक्षित भारत-पाकिस्तान भिडन्त आज
नेपालबहस संवाददाता
कात्तिक ७, २०७८ आइतबार १८:२२:०
७ कार्तिक, काठमाडौं । आईसिसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपमा आज बहुप्रतीक्षित भारत र पाकिस्तानबीचको खेल आयोजना हुँदैछ । दुबईमा हुने समूह-२ को खेलमा मैदानसँगै मैदान बाहिरसमेत चिरपरिचित प्रतिद्वन्द्वी रूपमा परिचित दुई टोलीको भिडन्तलाई प्रतिष्ठाको लडाइँको रूपमा समेत हेरिएको छ ।
खेल नेपाली समयअनुसार राति पौने ८ बजे दुबईमा सुरु हुनेछ । भारत पाकिस्तान भिडन्त सिमा लडाइँदेखि लिएर राजनीतिक लडाइँ हुँदै खेलकुद क्षेत्रमा समेत रहेको बुझिन्छ । राजीतिक लडाइँकै कारण यी दुईबीच खेल कमै हुने गरेका छन् ।
आईसिसीले आयोजना गर्ने क्रिकेट प्रतियोगिताबाहेक अन्य खेलमा यी दुवै टोलीको प्रतिस्पर्धा कमै देखिने गरेको छ । आईसिसीका अन्य सदस्य राष्ट्रले एक अर्काविरुद्ध मैत्रीपूर्ण टी(ट्वान्टी, एकदिवसीय तथा टेष्ट खेल खेल्दा दुई देशबीच यस्ता खेल ठप्प नै छन् ।
पछिल्लो समय दुई वर्षयता यी दुई देशले खेल्न लागेको यो पहिलो खेल हो । दुबईमा हुने समूह(२ को आफ्नो पहिलो खेलमा दुवै टोली सुखद् सुरुआत गर्ने दाउमा हुनेछन् ।
प्रतियोगिताको मुख्य दाबेदारको रूपमा हेरिएका दुवै टोली पहिलो खेल जित्दै सुरुआती २ अंक लिने दाउमा छन् । पाकिस्तानविरुद्ध भारतका मुख्य खेलाडी बिराट कोहली, हार्दिक पाण्डेय, शार्दुर ठाकुर र भुवनेश्वर कुमारलगायत रहनेछन् ।
यस्तै, भारतविरुद्ध पाकिस्तानका मोहम्मद रिजवान, बबर अजाम, हसन अलि र हरिस राउफलगायत खेलाडी मुख्य खेलाडी हुनेछन् । भारत र पाकिस्तानबीचका पछिल्लो पाँच खेलमा भारत बलियो देखिएको छ । जसमा भारतले चार खेल जित्दा पाकिस्तानले मात्र एक खेल जितेको छ ।
सन् २०१६ मार्च १९ मा भएको पछिल्लो भेटमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको थियो । त्यसयता यी दुईले प्रतिस्पर्धा गर्न लागेको यो पहिलो टी-ट्वान्टी खेल हो ।
यस्तै आजै हुने पहिलो खेलमा श्रीलंका र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो पौने ४ बजे सुरु हुनेछ । दुबै टोली पहिलो जितको खोजीमा रहनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोलकोता आइपिएलको प्लेअफमा
बैशाख ३०, २०८१ आइतबार
स्लो बलिङका कारण ऋषभलाई आइपिएलको एक खेलबाट निलम्बन
बैशाख २९, २०८१ शनिबार
गिल र सुदर्शनको शतकको मद्दतले चेन्नईमाथि गुजरात ३५ रनले विजयी
बैशाख २९, २०८१ शनिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार