बेमौसमी वर्षाले सुनसरी मोरङ सिँचाइ आयोजना ठप्प
नेपालबहस संवाददाता
कात्तिक ८, २०७८ सोमबार १९:२३:२
८ कार्तिक, विराटनगर । कार्तिक महिनाको पहिलो सातामा परेको बेमौसमी अविरल वर्षाका कारण सुनसरी मोरङ सिँचाइ आयोजनामा ठूलो क्षति पुगेको आयोजनाले जनाएको छ । यही कार्तिक १ र २ गते परेको अविरल वर्षाबाट नहरका संरचना भत्किएर तत्काल पानी सञ्चालन गर्ने अवस्था नरहेको आयोजना प्रमुख भिलानन्द यादवले जानकारी दिए ।
उनले सुनसरीको चतरादेखि मोरङसम्म ५३ किमी लम्बाइ रहेको चतरामूल नहरको २० शाखामा १४ वटा स्थानमा फुटेको छ । अब आउने गहुँको मौसम र तत्कालै सुरु हुने छठ पर्वका निम्ति पनि नहर सञ्चालन गर्न सकिने अवस्था नरहेको र नहरलाई तत्काल सञ्चालन गर्न रु पाँच करोड भन्दा बढी रकम आवश्यक पर्ने प्रमुख यादवले बताए ।
अविरल वर्षाले मूल नहरकै चार ठाउँ सुनसरीको झुम्कादेखि पश्चिम ६५, ६३, सुनसरीको खनारस्थित ११४ र बडहरास्थित १२८ आरडी नराम्रो गरी भत्किएको छ । यो पूर्णरुपमा निर्माण गर्न रु १० करोड भन्दा बढी लाग्ने छ । त्यस्तै तत्काल पानी सञ्चालन गर्ने अवस्थाको बनाउन रु पाँच करोडको लागत लाग्ने प्रारम्भिक अनुमान रहेको इञ्जिनियर रामकुमार चौधरीले जानकारी दिए ।
नहरको अवस्थाका बारेमा आयोजना प्रमुख यादवले भर्खरै बाढी प्रभावित क्षेत्र अवलोकन एवं निरीक्षण गर्न आएका प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रमुख जिल्ला अधिकारी काशीराज दाहालमार्फत जानकारी गराइसकिएको छ ।
किसानलाई राहत एवं कृषि कार्य सहज बनाउन नहर मर्मतसम्भारको विकल्प नरहेको आयोजना प्रमुख यादवको भनाइ छ । सन् १९७० मा निर्माण सम्पन्न भएको सो नहरका सबै संरचना विस्तारै जीर्ण हुँदै गएकोले यो संरचनालाई जोगाउन र किसानलाई खेती गर्नबाट वञ्चित हुन नदिन वृहत योजनाको आवश्यकता रहेको आयोजनाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागलुङको नर्जाखानीमा प्रसारण लाइन नपुग्दा गाउँ अन्धकारमा
बैशाख ३१, २०८१ सोमबार
वर्षौँदेखि उज्यालोको पखाईमा धैनकोट गाउँ
बैशाख ३१, २०८१ सोमबार
बागलुङको सदरमुकाम कुश्मीसेरामा पानीकाे हाहाकार, योजना पूरा नहुँदा सास्ती खेप्न बाध्य
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
बैशाख ३१, २०८१ सोमबार
आइपिएलमा आज दिल्ली र लखनउ खेल्दै
जेठ १, २०८१ मंगलबार
म्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
वर्षाले खेल रद्द भएसँगै गुजरात प्लेअफबाट बाहिरियो
जेठ १, २०८१ मंगलबार
'कान्स फिल्म फेस्टिभल'मा सहभागी हुन बालेन फ्रान्स प्रस्थान
जेठ १, २०८१ मंगलबार
संसदको गतिरोध हटाउन प्रधानमन्त्री र कांग्रेस नेताहरुबीच छलफल
जेठ १, २०८१ मंगलबार
एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक आजदेखि
जेठ १, २०८१ मंगलबार