बैतडी जिल्ला सदरमुकाममा १० दिनदेखि खानेपानीको हाहाकार
नेपालबहस संवाददाता
कात्तिक ८, २०७८ मंगलबार ३:११:११
सीपी लोहिया
८ कार्तिक, बैतडी । बैतडी सदरमुकाममा गएको १० दिनदेखि खानेपानीको हाहाकार भएको छ । खानेपानी अभाव भएपछि जिल्ला सदरमुकामबासी नजिकका धारा तथा कुवामा पानी खोज्न भौँतारिन थालेका छन् ।
साहिलेकका व्यापारी चेतराज पाण्डेयले जसको नजिक जतापर्छ त्यतै जान गरेको बताए । ‘नजिक पानीका कुनै पनि धारा कुवा छैनन् । गाडीमा पनि कम्तीमा एक घण्टा लाग्ने ठाउँमा पानी पाइन्छ । तै पनि पर्याप्त पानी भने कतै पाइँदैन । सवारीसाधन भएकाहरू साधनमा ल्याउँछन् । नभएकाहरू पिठ्युँमा बोक्दै ल्याउँछन्,’उनले भने।
गत साता परेको अविरल वर्षाका कारण खसेको पहिरोले खानेपानीको मुहानमा क्षति पुर्याएपछि सदरमुकाम क्षेत्रमा खानेपानीको हाहाकार भएको हो । सदरमुकामबाट झण्डै ६ किलोमिटर टाढा रहेको माडखोला मुहानमा पहिरो खसेपछि सदरमुकाममा आउने खानेपानी अवरुद्ध भएको हो । मुहानसहित पाइप लाइनमा समेत पहिरोले क्षति पुर्याएको बैतडी नगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष कर्णबहादुर चन्दले बताए । उनले भने, ‘पहिरोले खानेपानीको संरचनामा व्यापक क्षति पुर्याएकाले खानेपानी सुचारु गर्न समस्या भएको छ । हामीले खानेपानी सञ्चालनका लागि पहल गरिरहेका छौं ।’
सदरमुकाम क्षेत्रमा खानेपानी अवरुद्ध भएपछि सबैभन्दा बढी मारमा होटेल व्यवसायी परेका छन् । पानी नहुँदा होटेल व्यवसाय सञ्चालनमा निकै समस्या भएको व्यवसायी अम्बादत्त भट्टले बताए । ‘होटेलमा आउने ग्राहकलाई पानी दिन सकिएको छैन । यसले गर्दा व्यवसाय सञ्चालनमै समस्या भएको छ,’ उनले भने ।
सदरमुकाम क्षेत्रमा खानेपानीको आपूर्ति बन्द भएपछि एक हजार बढी उपभोक्ता प्रत्यक्ष मारमा परेका छन् । खानेपानीको अभाव हुँदा सदरमुकामको शाहीलेक, गढी र गोठलापानीका बासिन्दा मारमा परेका हुन् । पानी अभावले शौचालयसमेत प्रयोग गर्न मुस्किल भएको नागरिक समाज बैतडीका संयोजक गणेश ठकुराठीले बताए ।
हाहाकार भएपछि नेपाली सेनाले खानेपानी वितरण गरेको छ । हनुमान ध्वज गुल्मले गुल्ममा रहेको पानी गढीका स्थानीय तथा होटेल व्यवसायीलाई वितरण गरेको गुल्मपति खिलबहादुर रानाले बताए । गढीमा रहेका सरकारी कार्यालयलाई पनि खानेपानी वितरण गरिएको उनले बताए । सेनाले जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, जिल्ला कारागार, जिल्ला प्रशासनलगायत स्थानीय र व्यवसायीलाई पानी सहयोग गरिरहेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनुहाउने क्रममा कैलालीमा दुई बालबालिकाको मृत्यु
बैशाख ३०, २०८१ आइतबार
एचआईभी संक्रमितलाई मासिक भत्ता वितरण
बैशाख ३०, २०८१ आइतबार
जलवायु परिवर्तन र मानवीय गतिविधिले माछाका प्रजाति लोप हुँदै
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
प्रधानमन्त्रीको निर्णय कुर्दै कांग्रेस स्थगित गर्यो संसदीय दलको बैठक
बैशाख ३१, २०८१ सोमबार
विश्वासको मत लिने तयारी मुख्यमन्त्री सोडारी
बैशाख ३१, २०८१ सोमबार
त्रिभुवन विमानस्थबाट भन्सार चेक भैसकेपछि समातियो ५ केजी सुन
बैशाख ३१, २०८१ सोमबार
जसपा नेपालको केन्द्रीय समिति बैठक बस्दै
बैशाख ३१, २०८१ सोमबार
ललितपुर आगलागीका घाइते महिलाको पनि मृत्यु, मृतकको संख्या ३ पुग्यो
बैशाख ३१, २०८१ सोमबार