खोटाङका १० वटै स्थानीय तहमा एमालेले नयाँ नेतृत्व चयन
नेपालबहस संवाददाता
कात्तिक १०, २०७८ बुधबार १४:५:११
१० कार्तिक, खोटाङ । खोटाङका १० वटै स्थानीय तहमा एमालेले नयाँ नेतृत्व चयन गरेको छ । १०औँ राष्ट्रिय महाधिवेसन अन्तर्गत एमालेले मंगलबार दुई नगरपालिका र आठ गाउँपालिकामा सर्वसहमतीय ढंगले पालिका कमिटी निर्माण गरेको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा एमाले अध्यक्षमा ३३ वर्षीय गोपालचन्द्र आचार्य चयन भएका छन् । ७५ सदस्यीय नगर कमिटीको उपाध्यक्षमा मनिचन्द्र राई, सचिवमा चित्रकुमार राई, उपसचिवमा लिला चौहान र विनोद खड्का चयन भएका छन् ।
हलेसी तुवाचुङ नगरपालिकामा ४९ वर्षीय डिल्ली चाम्लिङ नगर कमिटी अध्यक्ष चुनिएका छन् । उपाध्यक्षमा उमेशकुमार पौडेल, अनिश कार्की, रविन साम्पाङ, युवराज आले, वर्णकुमार राई, लंकसेर राई, लोचन श्रेष्ठ, फौदसिं कार्की र नयन राई चयन भएका छन् । सचिवमा प्रमोद श्रेष्ठ र सर्वधन वस्नेत, उपसचिवमा रुद्रबहादुर खत्री, रवि राई, दुर्गा श्रेष्ठ र घनश्याम रेग्मी चयन भएको एमालेले जनाएको छ ।
ऐसेलुखर्क गाउँपालिकाको एमाले पालिका अध्यक्षमा ३९ वर्षीय टेकेन्द्र राजभण्डारी चुनिएका छन् । पालिका कमिटिको उपाध्यक्षमा अरुण राई, सचिवमा माधव राई, उपसचिवमा सविन राई र बालकुमार राई चयन भएका छन् ।
केपिलासगढी गाउँपालिकामा एमाले अध्यक्षमा खगेन्द्र राई, उपाध्यक्षमा सन्तोष राई, सचिवमा नारायण राई, सहसचिवमा भानु तिम्सिना र ज्ञानकुमार राईलाई चयन गरिएको छ ।
खोटेहाङ गाउँपालिकामा एमाले पालिका कमिटी अध्यक्षमा विकास राई, उपाध्यक्षमा टंकप्रसाद खतिवडा, सचिवमा अम्बरबहादुर बस्नेत, उपसचिवमा सन्तोष राई र अशोक सिलवाल चयन भएका छन् । एमाले जन्तेढुंगा गाउँपालिका अध्यक्षमा यामकुमार राई, उपाध्यक्षमा राजकुमार राई, सचिवमा जगत किराती, सहसचिवमा कजन खड्का र सम्झना राईलाई चयन गरिएको छ ।
एमाले दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्षमा कृष्ण कार्की, उपाध्यक्ष धनकुमार राई, सचिवमा मनोज राई, उपसचिवमा विजय राई र मिलन राई चयन भएको एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगालले बताए ।
एमाले बराहपोखरी गाउँपालिका अध्यक्षमा दीर्घबहादुर मगर, उपाध्यक्षमा देशबिर राई र नवीन तामाङ, सचिवमा निश्चल खड्का, उपसचिवमा टिका आचार्य राई र राजेश बञ्जरा चयन भएका छन् ।
रावाबेँसी गाउँपालिकामा एमाले पालिका अध्यक्षमा बलराम रिजाल, उपाध्यक्षमा समला राई, सचिवमा यज्ञनारायाण श्रेष्ठ ९राजु०, उपसचिवमा शिवराज राई र रिजन भुजेल चयन भएका छन् ।
साकेला गाउँपालिका अध्यक्षमा आश्विनचन्द्र राई, उपाध्यक्षमा शिव कट्वाल, सचिवमा शिव बस्नेत, उपसचिवमा चन्द्रकला ढकाल र लक्ष्मीभक्त ढकाल चयन भएको एमालेले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको प्राथमिताः गोलीगठ्ठा उत्पादनमा स्वदेशमै आत्मनिर्भर
जेठ १, २०८१ मंगलबार
प्रदेश सरकारको आगामी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता स्वीकृत
जेठ १, २०८१ मंगलबार
सरकारको भनाइ एकातिर छ, गराइ अर्काेतिर : कांग्रेस
जेठ १, २०८१ मंगलबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
सरकारको प्राथमिताः गोलीगठ्ठा उत्पादनमा स्वदेशमै आत्मनिर्भर
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा भोलि सुनुवाइ हुने
जेठ १, २०८१ मंगलबार
कतारले भन्यो -'इजराइलको रफाह आक्रमणले हमास वार्तालाई ‘पछाडि’ धकेल्यो '
जेठ १, २०८१ मंगलबार
प्रदेश सरकारको आगामी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता स्वीकृत
जेठ १, २०८१ मंगलबार
सरकारको भनाइ एकातिर छ, गराइ अर्काेतिर : कांग्रेस
जेठ १, २०८१ मंगलबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार