१६ मंसिर २०७८, बिहीबार
तुल्सीलाल स्मृति प्रतिष्ठान

ओलीले बाेलाएकाे एमाले स्थायी कमिटी बैठक सुरु

प्रकाशित मिति :  ११ कार्तिक २०७८, बिहीबार १७:१६


११ कार्तिक, काठमाडौं । एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक बसेको छ । दशौं महाधिवेशनको तयारीका लागि निर्णय गर्न पार्टी अध्यक्ष केपी ओलीले स्थायी कमिटी बैठक बोलाएका हुन् ।

आजको बैठकले महाधिवेशन सम्पन्न गर्न विभिन्न समिति गठन गर्ने, सहभागी प्रतिनिधिको संख्या निर्धारण गर्नेलगायतका निर्णय गर्ने नेता सुरेन्द्र पाण्डेले जानकारी दिए । अहिले एमालेको वडा र पालिका तहको अधिवेशन जारी छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा








तपाईको आजको राशिफल कस्तो छ ?
नेपालबहस संवाददाता