कुखुरा फर्मबाटै गर्धन समातेर चितुवा नियन्त्रण
नेपालबहस संवाददाता
कात्तिक ११, २०७८ शुक्रबार १:२२:३२
११ कार्तिक, बागलुङ । बागलुङको बडिगाड गाउँपालिका-९ मालारानीका दिलबहादुर थापाको कुखुरा फर्ममा बिहीबार बिहान साढे ३ बजे पसेको चितुवा दिउँसो २ बजेसम्म भागेन ।
चितुवाले खोरका १०० कुखरामध्ये केहीलाई खायो, अन्य सबै मार्यो । दिउँसो अबेरसम्म चितुवा खोरबाट ननिस्केपछि स्थानीयले प्रहरी, वन कर्मचारीलाई खबर गरे । गाउँका सबै जना जम्मा भए ।
तर पनि चितुवा निस्कने आँट गरेन । खोरको ढोका खुला गर्दासमेत चितुवा नभागेपछि स्थानीय, प्रहरी र वन कर्मचारीले टिन ठटाउने, ताल बनाउनेजस्ता गतिविधि गरेपछि चितुवा बाहिर निस्केर बाख्राको खोरतर्फ लाग्यो । बाख्रा बचाउन स्थानीयले चितुवा धमाउँदै पछिपछि जाँदै गर्दा चितुवा फेरि उल्टो फर्कियो ।
स्थानीयको अगुवाइमा बडिगाड गाउँपालिका-८ निवासी राजन पाइजा थिए । दुई टोली बनाएर चितुवा खेदे । गोठतिर गएको चितुवा फेरि खोरतर्फ नै फर्कियो । खोरतर्फको बाटोमा थिए( राजन पाइजा र उनका साथी । राजन र चितुवाको जम्काभेट भयो । कराते खेलाडी पाइजाले भाग्यवस चितुवाको घाँटी र गर्धन समात्न पुगे ।
चितुवाले आक्रमण गर्नुअघि नै पाइजाले त्यसलाई नियन्त्रण गर्न सफल भएपछि नजिकमा भएका सबैले चितुवालाई जबर्जस्ती च्याप्न सफल भए । चितुवा नियन्त्रणमा लिने बेला पाइजाको खुट्टामा सामान्य चोट लागेको छ ।
‘भाग्यले ठूलो क्षति हुन पाएन’, उनले भने, ‘जीवनको अविस्मरणीय क्षण बन्यो ।’ गर्धनमा समात्ने अवसर नपाएको भए ठूलो क्षति हुने पाइजाको भनाइ छ । ‘मैले झ्याप्प समात्ने मेसो नपाएको भए त्यसले मलाई झम्टन्थ्यो’, उनले भने, ‘ समातेर लडाएँ, सबै आएर कक्रक्कै बनायौँ ।’
चितुवा नियन्त्रणमा लिएपछि चार खुट्टा बाँधेर तुरतुरेस्थित देवीस्थान सामुदायिक वनमा लगेर छाडेको सवडिभिजन वन कार्यालयका रेन्जर दीपक श्रीसको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
बुल्दीखोलाको स्वरुप फर्काउने प्रयास
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
सरकारको भनाइ एकातिर छ, गराइ अर्काेतिर : कांग्रेस
जेठ १, २०८१ मंगलबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार
राष्ट्रियसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित
जेठ १, २०८१ मंगलबार
कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित
जेठ १, २०८१ मंगलबार