१६ मंसिर २०७८, बिहीबार

वर्षाबाट प्रभावित कृषकलाई राहत दिने मन्त्रिपरिषदको निर्णय

प्रकाशित मिति :  ११ कार्तिक २०७८, बिहीबार २०:१२


११ कार्तिक, काठमाडौं । सरकारले हालैको वर्षाबाट प्रभावित कृषकलाई राहत प्याकेज घोषणा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हालै तीन दिनको बेमौसमी अविरल वर्षाबाट धानबाली तथा अन्य खाद्यान्न बालीमा भएको क्षतिका लागि कृषकलाई राहत दिने निर्णय गरेको स्वास्थ्य मन्त्री विरोध खतिवडाले जानकारी दिए ।

उनका अनुसार १० कट्टा वालालाई ३५ प्रतिशतदेखि अतिकतम ६५ प्रतिशतसम्म, ३ विघासम्मलाई ३० प्रतिशत र त्यो भन्दा बढीलाई २० प्रतिशत राहतस्वरुप क्षतिपूर्ति दिने निर्णय भएको छ ।

राहत वितरणका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिवको नेतृत्वमा ५ सदस्यीय कार्यदल बनाउने र कार्यदलले कार्यविधि बनाई स्वीकृतिका पेस गर्ने जिम्मेवारी दिइएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा