२२ मंसिर २०७८, बुधबार

प्राविधिक र स्वास्थ्य सेवामा जागिर खुल्यो, साढे दुई सयलाई अवसर

प्रकाशित मिति :  २४ कार्तिक २०७८, बुधबार ०८:२१


२४ कार्तिक, काठमाडौं । लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी ‘प्राविधिक’ र स्वास्थ्य सेवा ‘आठौं, सातौं’ मा स्थायी पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ ।

आयोगले आज बुधबार गोरखापत्रमा सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगिताका लागि विज्ञापन आह्वान गरेको हो ।

तृतीय श्रेणी प्राविधिकमा १६३ जनाका लागि विज्ञापन आह्वान भएको छ भने संघीय संसद सेवा ‘प्राविधिक’ का लागि ७ सिट छुट्याइएको छ ।

यसैगरी, स्वास्थ्य सेवा आठौँ तहका लागि ४२ र स्वास्थ्य सेवा सातौँ तहका लागि ५६ जना माग गरिएको छ । १४ मंसिरभित्र आवेदन दिइसक्नुपर्ने पनि आयोगले जनाएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा